बढुवा भएका ७२ डीएसपीले लगाए दर्ज्यानी चिह्न

सशस्त्र प्रहरी निरीक्षकबाट नायव उपरीक्षक पदमा पदोन्नति भएका ७२ जना अधिकृतहरूलाई उल्लेखित दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएकाे छ।

बिहीबार सशस्त्र प्रहरी मुख्यालय हलचाेकमा आयाेजित विशेष समाराेहमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले ​दर्ज्यानी चिह्न प्रदान गरे।

त्यसअवसरमा महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै संगठनमा रहेर उनीहरुले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्यांकन स्वरुप पदोन्नति प्राप्त भएको बताए।

उनले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्यसम्पादनमा जुट्न निर्देशन दिँदै कमाण्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहि मार्गनिर्देशन दिँदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताए।

नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उप–समूहका १० जना, साधारण समूह कानून उप समूहका २ जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका हुन्।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रामशरण पौडेल र राजु अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको