सशस्त्र प्रहरीको एआईजीमा बढुवा भएका गौतमले लगाए दर्ज्यानी चिन्ह

काठमाडौ – सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले उनि सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नती भएका थिए ।

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै पदोन्नती भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई बधाई दिंदै उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यवसायिकताको मुल्यांकन गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको बताउँदै उनलाई आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे ।

उनले आफु सधैं टिमवर्क र सामुहिकतामा विश्वास राख्ने उल्लेख गर्दै फौजी जीवनमा सबैले बर्दिको सान र दर्जाको मान राख्दै भातृत्व, सद्भाव र आत्म विश्वाससँगै गौरवकासाथ राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्ने बताए ।

महानिरीक्षक अर्यालले संगठनमा सुधारका विभिन्न कार्यहरु सुरुवात गरिएको चर्चा गर्दै सोको कार्यान्वयनका लागि विभागीय प्रमुख, फिल्ड लेवलका कमाण्डर लगायत सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको साथ सहयोग तथा सामुहिक प्रयास रहने बिश्वास व्यक्त गरे ।

उनले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि प्रकाश पर्दै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठनको बृहत्तर हितका लागि सकल दर्जाका सबैलाई पूर्ण व्यवसायिक रहि राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहन निर्देशन दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको