नेपाली सेनाले जनतासामू किन बोल्यो झुट ? यस्तो पत्रमा बाहिरिएपछि भयो पर्दाफास

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाली सेनाले सम्झौता नगर्ने भनेर सेनाले १ असारमा विज्ञप्ति निकालेको थियो । सेनाले सम्झौता नहुने कारणमा नेपालको असंलग्न परराष्ट्र नीति र भूराजनीतिक संवेदनशीलतालाई प्रस्तुत गरेको थियो ।

सेनाको विज्ञप्तिको भाषाले चाहिँ प्रस्टसँग भनेको थियो- यस्ता सम्झौतामा सहभागी हुँदैन । र, विगतमा सहभागी हुने प्रयास पनि भएको छैन । दिउँसो अमेरिकी दूतावासका प्रतिनिधिले नेपाली सेनाले दुई पटक आग्रह गरेकाले अमेरिकी सेनाले स्वीकार गरेको बताएका थिए । त्यसको खण्डनको रूपमा साँझ सेनाको विज्ञप्ति आएको थियो । तर, त्यसको भोलिपल्ट अर्थात् २ असारमा नेपाली सेनाका तर्फबाट अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भयो ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूत अलाइन बी. टेप्लिजलाई २७ कात्तिक ०७२ मा लेखेको पत्र सार्वजनिक भएको छ । उक्त पत्रमा क्षेत्रीले सैन्य सहकार्यको प्रस्ताव गरेको देखिन्छ । १ असारमा सेनाले विज्ञप्ति निकाल्दा क्षेत्रीको यो प्रकरणलाई लुकाउन प्रयास गरेको देखिन्छ ।

त्यसो त अमेरिकी दूतावासका अधिकारीले पत्रकारहरूलाई बोलाएर नेपालले सन् २०१५ र २०१७ मा एसपीपीमा सहभागी हुन पत्र लेखेको दाबी गरेका थिए । उनले थप भनेका पनि थिए कि नेपाली सेनाले दुई पटक गरेको पत्राचारलाई अमेरिकाले सन् २०१९ मा स्वीकार गरेको मात्रै हो ।

नेपाली सेनाको प्रस्ताव अमेरिकाले स्वीकार गरिसकेका कारण थप सम्झौता नहुने पनि दूतावासका अधिकारीको दाबी थियो । त्यसरी हेर्दा अमेरिकी अधिकारीको दाबीभन्दा पहिला नै सन् २०१५ को अक्टोबरमा क्षेत्रीले प्रस्ताव गरेको देखिन्छ । क्षेत्रीले जतिबेला एसपीपीमा सहभागी हुन पत्रचार गरे, त्यतिबेला प्रधानमन्त्रीमा भर्खरै केपी ओली निर्वाचित भएका थिए ।

वैशाखमा भूइँचालो गएको ठूलो धनजनको क्षति भएको अवस्था र असोजमा नयाँ संविधान जारी भएको पृष्ठभूमिमा क्षेत्रीले पत्राचार गरेको देखिन्छ । त्यतिबेला क्षेत्रीले पत्र प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई पनि बोधार्थ दिएकाले सरकार अनविज्ञ थियो भन्न सक्ने अवस्था देखिएन । अर्कातिर जब अमेरिकाले सन् २०१७ पछि इण्डो-प्यासिफिक रणनीति ल्यायो, त्यसपछि नेपाललाई एसपीपीमा राख्न प्राथमिकता दिएको देखिन्छ । त्यसको आधार चाहिँ २०१९ जुनमा प्रकाशित इण्डो–प्यासिफिक रणनीतिको प्रतिवेदनमा उल्लेख गरिएको सन्दर्भले दिन्छ ।

नेपाल र श्रीलंकालाई ‘नयाँ एसपीपी’ साझेदार मुलुक भनेर उल्लेख गरेको छ । अहिले संसदमा एसपीपीको सन्दर्भ उठिरहेको छ । कानुनमन्त्री गोविन्द बन्दीले १ असारमा अमेरिकाबाट एसपीपीमा सहभागी हुन प्रस्ताव नआएको दाबी गरेका थिए ।

बन्दीले दाबी गरेको तीन दिनअघि १०बुँदे सम्झौताको प्रस्ताव सार्वजनिक भएको थियो । अहिले सरकार, सेना र अमेरिकी अधिकारीका प्रतिक्रिया आपसमा बाझिरहेका छन्, जसले नेपालको कच्चा कूटनीतिलाई पर्दाफास गरेको छ । पछिल्ला दिनमा अमेरिका नेपालसँग सैन्य सम्बन्ध विस्तारका लागि निरन्तर प्रयासमा छ । त्यसैका लागि २६ जेठमा इण्डो-प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स फ्लिन नेपाल भ्रमणमा आएका थिए ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको