अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि नेपाली सेनाले धारणा सार्वजनिक गरेको छ । सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र श्रत्रीले अमेरिकालाई पत्र पठाएकमे पत्र आधिकारिक भएको बताए ।
पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्नुपर्ने कुरा नभएको उनको भनाइ छ । त्यो पत्र आधिकारिक भएको भन्दै यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्ने कुरा अनावश्यक हल्ला भएको सिल्वालले बताए ।
उक्त पत्रमा अमेरिकी सेनासँग सहकार्य गर्ने, विपद् व्यवस्थापमा सहयोग लिनेलगायतका कुराहरु भएको र जुन नेपाली सेनाले गर्दै आएको कुरा भएको उनले बताए । साथै उनले बुधबार सार्वजनिक गरेको विज्ञप्तिका विषयमा अक्षरस ठिक भएको पनि बताए ।
‘सार्वजनिक भएको भनिएको सम्झौताका विषयमा नेपाली सेनालाई कुनै जानकारी छैन। अहिलेसम्म एसपीपीका विषयमा कुनै सम्झौता भएको छैन र आगामी दिनमा त्यस्तो सम्झौता नहुने पनि सेनाले स्पष्ट पारिसकेको छ,’ उनले भने ।
उक्त पत्रमा अमेरिकी सेनासँग सहकार्य गर्ने, विपद् व्यवस्थापमा सहयोग लिनेलगायतका कुराहरु भएको र जुन नेपाली सेनाले गर्दै आएको कुरा भएको उनले बताएका छन्। ‘सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र हो,’ उनले थपे, ‘त्यसबेला अमेरिकासँग पनि मागेको हो। त्यहाँ सहयोग माग्ने क्रममा पत्र लेखिएको हो। उनीहरुको अनुभवका कारण सहयोग लिन खोजेको हो। त्यो बेलामा आईपीएस पनि थिएन। अहिलेको अवस्थामा फरक तरिकाले व्याख्या गरिएको छ। अहिलेको अवस्थालाई हामीले राम्रोसँग बुझेका छौं।’
त्यसैगरी सेनाले बुधबार सार्वजनिक गरेको विज्ञप्तिका विषयमा उनले थपे, ‘हिजो नेपाली सेनाले जारी गरेको विज्ञप्ति पनि अक्षरस: ठिक छ। सार्वजनिक भएको भनिएको सम्झौताका विषयमा नेपाली सेनालाई कुनै जानकारी छैन। अहिलेसम्म एसपीपीका विषयमा कुनै सम्झौता भएको छैन।’ आगामी दिनमा त्यस्तो सम्झौता नहुने पनि सेनाले स्पष्ट पारिसकेको छ।
२०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसएसपी) सम्झौताका लागि अनुरोध गरिएको पत्र सार्वजनिक भएको हो।
तत्कालीन अमेरिकी राजदूत एलाइना बी टेप्लिजलाई सम्बोधन गरिएको पत्रमा नेपालका तर्फबाट तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। नेपाल सरकारको अनुमतिमा उक्त पत्र पठाइएको उल्लेख छ।
सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताका लागि गरिएको प्रस्ताव सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ। समिति सभापति पवित्रा निरौला खरेलले एसपीपीका विषयमा विभिन्न कुरा सार्वजनिक भएपछि प्रधानसेनापति शर्मालाई स्पष्ट पार्नका लागि बोलाइएको जानकारी दिइन्।
उनले भनिन्, ‘एसपीपी कार्यक्रम २०१५ देखि सुरुवात भएको कुरा सार्वजनिक भएको छ। यसको आधिकारीक कुरा के हो? यसमा सेनाको धारणा के हो? सन् २०१५, २०१७ र २०१९ मा एसपीपीबारे के-के भएको हो भन्ने बुझ्नका लागि बोलाएका हौं।’
समितिको बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको छ। उक्त विषयमा छलफल गर्नका लागि रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि संसदीय समितिले पत्र पठाएको छ।
