नेपाल र भारतका अग्रणी क्यान्सर विशेषज्ञहरू काठमाडौंमा, के- के भयो छलफल ?

नेपाल र भारतका अग्रणी क्यान्सर विशेषज्ञहरूले काठमाडौंमा एक कार्यशाला गोष्ठी सम्पन्न गरेका छन् ।

नेपालमा बढ्दो टाउको र घाँटीको क्यान्सर न्यूनिकरणको लागि असार ४ गते शनिबार काठमाडौंको र्‍याडिसन होटलमा एक दिने कार्यशाला सञ्चालन गरिएको हो । टाउको र घाँटीको क्यान्सर उपचारमा विरामीहरूको लागि विभिन्न मुलुकमा भइरहेका नविनतम प्रविधिरूको अध्ययन र छलफल भएको थियो ।

कार्यशालाले सर्वसाधारणमा क्यान्सर सम्बन्धी जनचेतना फैलाउने कुरामा पनि ध्यान केन्द्रित गरेको बताइएको छ । साथै टाउको र घाँटीको क्यान्सरमा उपचार व्यवस्थापन, पुन: पलाउने क्यान्सरका उपचार विकल्पहरूमा पनि छलफल गरिएका थिए।

कार्यक्रममा नेपालको तर्फबाट नेपाल क्यान्सर अस्पतालको घाँटी र टाउको विभाग प्रमुख डा. प्रभात ठाकुर त्यस्तैगरी डा. सुदीप श्रेष्ठ सहभागी थिए भने भारतको तर्फबाट फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट, गुरुग्रामका डा. एके आनन्द, डा. अंकुर बहल, डा. वेदान्त काबरा, डा. इशिता बी सेन र डा. नेहा कक्कड सहभागी थिए ।

कार्यक्रममा फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट, गुरुग्रामका डा. एके आनन्दले भने, “नेपालमा पछिल्लो समयमा टाउको र घाँटीमा क्यान्सरका बिरामीहरूको सङ्ख्या बढिरहेको छ । सूर्तिजन्य पदार्थहरूको प्रयोगमा कमि ल्याउन सरकारले अझै कडा नीति नियमहरू ल्याउनुपर्ने देखिन्छ ।”

सूर्तिजन्य पदार्थहरूको सेवनले घाँटीमा क्यान्सर हुन्छ भन्ने चेतनाको अभिवृद्धि गर्नुपर्ने देखिन्छ । कार्यक्रममा डा. आनन्दले भने ।

फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट भारतका प्रमुख क्यान्सर अस्पतालहरूमध्ये एक हो। यहाँ क्यान्सरका बिरामीहरूको लागि नविनतम प्रविधि र दक्ष डाक्टरहरूको सेवा उपलव्ध गराइने समेत कार्यक्रममा जानकारी दिइयो ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको