गायक विपुल क्षेत्रीले रचे इतिहास, मनोनित भए विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा

काठमाडौं -नेपालीभाषी गायक विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् । रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ ।

सदस्य नियुक्त भएसँगै क्षेत्रीले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् । रेकर्डिङ एकेडेमीले यसै साता क्षेत्रीलाई सदस्य बन्न निम्तो दिएको थियो, जसलाई क्षेत्रीले स्वीकारेका हुन् ।

विश्व संगीतको ओस्कार अवार्ड मानिने ग्रामीको सदस्यमा मनोनित हुने क्षेत्री पहिलो नेपालीभाषी गायक हुन् । ‘यो नियुक्तिले तपाईंको सिर्जना, नेतृत्व र रेकर्डिङ कलाको क्षेत्रमा योगदान पुर्‍याउँछ,’ क्षेत्रीलाई पठाएको बधाई सन्देशमा ग्रामीले उल्लेख गरेको छ ।

ग्रामीले यस वर्ष सन् २००० सदस्य थप्दै संगीतको बोल्ड पुस्ता भनेर व्याख्या गरेको छ । भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले सन् २०१४ मा रिलिज भएको सांगीतिक एल्बम ‘स्केच अफ दार्जिलिङ’बाट करिअर थालेका थिए ।

सन् २०१६ मा ‘माया’ र सन् २०२१ मा ‘समय’ एल्बम रिलिज गरेको थियो । वसन्त, गहिरो गहिरो, आशिष, टिस्टा र मुग्लान उनका हिट गीत हुन् । ग्रामी अवार्डले संस्थालाई समावेशी तुल्याउन यस्तो पहल चालेको जनाइएको छ ।

उनी संगीत क्षेत्रको अस्कर मानिने ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित हुने पहिलो नेपाली भाषी गायक हुन्।

‘तपाईंका साथीहरुले तपाईंलाई २०२२ को सदस्यताका लागि उपयुक्त व्यक्तिको रुपमा छानेकोमा बधाई छ,’ क्षेत्रीलाई पठाइएको बधाई सन्देशमा भनिएको छ, ‘यो निम्तो तपाईंले सांगीतिक कला क्षेत्रमा दिएको योगदान, सिर्जनशिलता र नेतृत्वको प्रतिबिम्ब हो।’

ग्रामीको सदस्यता पाएसँगै क्षेत्रीले अब ग्रामी अवार्डका लागि मतदान गर्न पाउनेछन्। युवा पुस्तामाझमा निकै चर्चित नेपाली मुलका दार्जिलिङका गायक क्षेत्रीले सन् २०१४ मा ‘स्केच अफ दार्जिलिङ’ नामक एल्बमबाट आफ्नो करिअर सुरु गरेका थिए। उनका ‘सिण्डिकेट’, ‘डढेलो लाग्यो’, ‘भेट भयो आज हामी’जस्ता गीतहरु निकै चर्चित छन्।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको