गायक विपुल क्षेत्रीले रचे इतिहास, मनोनित भए विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा

काठमाडौं -नेपालीभाषी गायक विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् । रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ ।

सदस्य नियुक्त भएसँगै क्षेत्रीले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् । रेकर्डिङ एकेडेमीले यसै साता क्षेत्रीलाई सदस्य बन्न निम्तो दिएको थियो, जसलाई क्षेत्रीले स्वीकारेका हुन् ।

विश्व संगीतको ओस्कार अवार्ड मानिने ग्रामीको सदस्यमा मनोनित हुने क्षेत्री पहिलो नेपालीभाषी गायक हुन् । ‘यो नियुक्तिले तपाईंको सिर्जना, नेतृत्व र रेकर्डिङ कलाको क्षेत्रमा योगदान पुर्‍याउँछ,’ क्षेत्रीलाई पठाएको बधाई सन्देशमा ग्रामीले उल्लेख गरेको छ ।

ग्रामीले यस वर्ष सन् २००० सदस्य थप्दै संगीतको बोल्ड पुस्ता भनेर व्याख्या गरेको छ । भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले सन् २०१४ मा रिलिज भएको सांगीतिक एल्बम ‘स्केच अफ दार्जिलिङ’बाट करिअर थालेका थिए ।

सन् २०१६ मा ‘माया’ र सन् २०२१ मा ‘समय’ एल्बम रिलिज गरेको थियो । वसन्त, गहिरो गहिरो, आशिष, टिस्टा र मुग्लान उनका हिट गीत हुन् । ग्रामी अवार्डले संस्थालाई समावेशी तुल्याउन यस्तो पहल चालेको जनाइएको छ ।

उनी संगीत क्षेत्रको अस्कर मानिने ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित हुने पहिलो नेपाली भाषी गायक हुन्।

‘तपाईंका साथीहरुले तपाईंलाई २०२२ को सदस्यताका लागि उपयुक्त व्यक्तिको रुपमा छानेकोमा बधाई छ,’ क्षेत्रीलाई पठाइएको बधाई सन्देशमा भनिएको छ, ‘यो निम्तो तपाईंले सांगीतिक कला क्षेत्रमा दिएको योगदान, सिर्जनशिलता र नेतृत्वको प्रतिबिम्ब हो।’

ग्रामीको सदस्यता पाएसँगै क्षेत्रीले अब ग्रामी अवार्डका लागि मतदान गर्न पाउनेछन्। युवा पुस्तामाझमा निकै चर्चित नेपाली मुलका दार्जिलिङका गायक क्षेत्रीले सन् २०१४ मा ‘स्केच अफ दार्जिलिङ’ नामक एल्बमबाट आफ्नो करिअर सुरु गरेका थिए। उनका ‘सिण्डिकेट’, ‘डढेलो लाग्यो’, ‘भेट भयो आज हामी’जस्ता गीतहरु निकै चर्चित छन्।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको