बागमतीमा समाजवादीको सरकार ढल्ने पक्का, कांग्रेस-माओवादीले चाले यस्तो कदम

बागमती प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनका दलहरु बीच पूर्वसहमति अनुसार सरकारको नेतृत्व फेर्न कसरत सुरु भएको हो ।

गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीच आधाआधा समय सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । उक्त सहमति कार्यान्वयन गर्नतर्फ मुख्यमन्त्री पाण्डे सकारात्मक नदेखिएपछि गठबन्धनभित्रै सत्ता संघर्ष सुरु भएको हो ।

बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट आज पास गरेको छ। यसअघि बजेट पास हुनेबित्तिकै मुख्यमन्त्री परिवर्तन हुने नेताहरुले बताएका थिए।

पूर्वसहमतिअनुसार चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसले पाउनुपर्ने भन्दै संघर्ष सुरु गरिएको प्रदेश सरकारका एक मन्त्रीले बताए । उनका अनुसार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएलगत्तै पूर्वसहमतिअनुसार काँग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री बन्नुपर्ने भन्दै संघर्ष सुरु गरिएको हो ।

 मुख्यमन्त्री पाण्डेले सहज रुपमा सरकारको नेतृत्व गर्ने विषयको विगतको सहमती कार्यान्वयन गर्ने नदेखेपछि उनीहरु कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलनमा जुटेका हुन् ।

काँग्रेसका सांसदहरुले सहमति अनुसार तत्काल मुख्यमन्त्री पाण्डेले राजीनामा गरेर सहजै सत्ता हस्तान्तरण गर्नुपर्ने माग गरेका थिए । उनीहरुको मागलाई बेवास्ता गर्दै मुख्यमन्त्री पाण्डेले केन्द्रीय नेतृत्वको निर्देशन कुर्ने बताएपछि काँग्रेस र माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर संकलन जुटेको माओवादी केन्द्रका एक सांसदले बताए ।

‘तत्कालीन समयमा आलोपालो अनुसार काँग्रेस र एकीकृत समाजवादीले ६/६ महिना सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । सो सहमती बाहिर आइसकेको छ,’ उनले भने, ‘सोहीअनुसार हामीले विगतको ६ महिना एकीकृत समाजवादीलाई सरकारको नेतृत्व दिएर सघाएका थियौँ । अब सरकारको नेतृत्व गर्ने पालो हाम्रो हो । एकीकृत समाजवादीले सहमति कार्यान्वयन गर्नुपर्छ ।’

उनका अनुसार आगामी केही दिनभित्रै प्रदेशमा मुख्यमन्त्री फेरिने गरी काँग्रेस छलफलमा सक्रिय रहेको छ । काँग्रेसले मुख्यमन्त्री पाउने विषयमा केन्द्रीय तहसम्म लबिङ भइरहेको उनले बताए ।

यता नेकपा माओवादी केन्द्र पनि प्रदेशको मुख्यमन्त्री पद सहमती अनुसार काँग्रेसले पाउनुपर्ने पक्षमा देखिएको छ । पूर्वसहमति अनुसार सरकारको नेतृत्व काँग्रेसले पाउनुपर्ने माओवादी केन्द्रका एक नेताले बताए । सहमती कार्यान्वयनबाट गठबन्धनको कुनैपनि दलहरु पछि हट्न नहुने उनको भनाइ छ ।

बागमती प्रदेश सरकार परिवर्तनको लागि कुल १०७ जना सांसद् मध्ये ५४ जना सांसद्को समर्थन आवश्यक पर्छ । प्रदेशसभामा माओवादी केन्द्रका २३, काँग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाको एक सांसद् रहेको छ भने प्रदेशसभामा नेकपा एमालेका ४३ जना सांसद् रहेका मध्ये २ जना स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेपछि ४१ जना मात्र कायम रहेका छन् ।

 

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको