एमालेले गर्यो यी १० नेतालाई पार्टीबाट निष्कासन (नामावलीसहित)

१० जना नेता कार्यकर्तालाई ललितपुर एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन निर्णय गरेको छ ।

गएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा उभिने उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो ।

पार्टीले निष्कासन गरेकाहरूमा विनोद ताम्रकार, पुरुषोत्तम खड्का, बुद्धलक्ष्मी महर्जन, बाबुरत्न महर्जन, मंगल तामाङ, वीरबहादुर तामाङ, दानरत्न मानन्धर, रामबहादुर केसी, सुन्दर खड्का र शिवराम खड्का रहेका छन् ।

ललितपुर एमालेको १, २ र ३ क्षेत्रको जिल्ला कमिटी भेलाको निर्णयपछि उनीहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

गत असार ४ गते बसेको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले स्थानीय निर्वाचन २०७९ को संक्षिप्त प्रारम्भिक समीक्षा गरी मातहत कमिटीबाट समीक्षा प्राप्त भएपश्चात् पूर्ण समीक्षा गर्ने निर्णय गरेको पार्टी जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले बताएका थिए ।

उनले त्यसै बेला जिम्मेवार नेताहरूलाई आ९आफ्नो कार्यक्षेत्रमा रचनात्मक ढंगले लागू गराउन विभिन्न सर्कुलर जारी गरेको गरेका थिए ।

यसै गरी विगतमा पार्टी महाकाल गाउँपालिकाको इन्चार्ज रहेकी विमला दुलालले जिम्मेवारी बमोजिम समय प्रदान गरी कामको व्यवस्थापन गर्न नसकेको मूल्याङ्कनसहित उनलाई सो जिम्मेवारीबाट हटाईएको छ । उनलाई हटाएर महाकाल गाउँपालिका सह इन्चार्ज श्याम शर्मा बजगाईँलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

बैठकले मातहत कमिटीहरूलाई स्थानीय तह निर्वाचन समीक्षा बैठक आगामी असार २० सम्म सम्पन्न गरी २२ गतेसम्ममा अनिवार्य जिल्ला कमिटीमा प्रतिवेदन पेस गर्न सर्कुलर जारी गरेको छ ।

उक्त कमिटीलाई समीक्षा बैठकमा निर्वाचन तयारी तथा परिचालन, नेता कार्यकर्ताको जिम्मेवारी र भूमिका,गठबन्धनको अवस्था र अवसरसँग पार्टीको सहकार्यको अवस्था,अन्तर्विरोध र अन्तर्घातका सम्बन्धमा गम्भीर छलफल गर्न सर्कुलर जारी गरिएको छ ।

स्थानीय तह र वडाबाट आएको प्रतिवेदनका आधारमा अन्य नेताहरूलाई पनि कारबाहीको तयारी भएको एक जिल्ला नेताले बताए ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको