अजय लेन्सम्यान, ललितपुर– ललितपुर महानगरपालिका २९ ले निःशुल्क आँखा शिविर संचालन गरेको छ। सगरमाथा चौधरी आँखा अस्पताल लाहान र नेपाल नेत्रज्योति संघको सहकार्यमा निःशुल्क आँखा शिविर संचालन गरिएको हो।
शिविरमा आँखा जाँचपछि आवस्यकता अनुसार सोही दिन अप्रेशन, औषधी तथा चश्मा वितरण गरिएको थियो।
शनिबार र आइतबार गरि दुई दिन संचालन गरिएको शिविरमा करिव २ हजार भन्दा बढीले सेवा लिएको अध्यक्ष गणेश महर्जनले जानकारी दिए।
त्यस्तै, सगरमाथा चौधरी आँखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले जनताको सेवाको लागि निकट भविष्यमा हरिसिद्धिमा सेवा केन्द्र थपेर सेवा प्रदान गर्ने बताए।