तौल घटाउनु कुन-कुन भिटामिनले काम गर्छ ? यस्तो छ अध्ययन

तौल घटाउनु सजिलो कुरा होइन । यसका लागि कडा मिहिनेत र स्वस्थ खानपानको आवश्यकता पर्छ । विशेषगरी तौल कम गर्नका लागि उत्कृष्ट डाइटको छनोट गर्न अत्यावश्यक छ ।

हाम्रो खानामा पाइने पोषक तत्वले तौल घटाउन महत्वपूर्ण भूमिका निभाउँछ । केही यस्ता भिटामिन र मिनरल्स छन् जसको मद्दतले तपाईं तीब्र रुपमा आफ्नो तौल घटाउन सक्नुहुन्छ साथै यसमार्फत् शरीरलाई थुप्रै लाभसमेत प्रदान गर्न सक्नुहुन्छ । आज हामी यो लेखमा बेली फ्याट कम गर्ने भिटामिनबारे थाहा पाउनेछौँ ।

तौल कम गर्ने भिटामिन
शरीरको बढ्दो तौल र पेटको बोसो कम गर्नका लागि विभिन्न प्रकारका भिटामिनले मद्दत गर्नसक्छन् । आउनुहोस्, यसबारे सबिस्तार जानकारी लिऔँ ।

भिटामिन बी कम्प्लेक्स
तौल घटाउनका लागि भिटामिन बी कम्प्लेक्स निकै असरदार हुन्छ । भिटामिन बीमा थायमिन (बी–वान), राइबोफ्लेबिन (बी–टु), नियासिन (बी–थ्री), पेन्टोथेनिक एसिड (बी–फाइभ), पाइरिडोक्सिन (बी–सिक्स), बायोटिन (बी–सेभेन), फोलेट (बी–नाइन), कोबालिन (बी–१२) समावेश हुन्छन् । यी सबै भिटामिन मेटाबोलिजमलाई बुस्ट गर्न असरदार हुनसक्छन् । यसले तपाईंको शरीरको तौल कम हुन्छ ।

शरीरमा भिटामिन बीको कमी पुरा गर्नका लागि तपाईं गुडागुडी, मुसुरोको दाल, दुध, अण्डा, केरा, आलुजस्ता खानेकुराको सेवन गर्न सक्नुहुन्छ । यी आहारमा भिटामिन बी भरपुर मात्रामा हुन्छ ।

भिटामिन डी
भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्वमध्ये एक हो । यसले तपाईंको शरीरको प्रतिरोधी क्षमता वृद्धि गराउँछ । सूर्यको किरणबाट भिटामिन डी पर्याप्त मात्रामा पाउन सकिन्छ । यद्यपि, यदि तपाईं घरभित्र बस्नुहुन्छ वा यस्तो वातावरणमा बस्नुहुन्छ जहाँ सूर्यको किरण कम आउँछ तब यसको पूर्तिका लागि केकी विशेष खाद्य पदार्थ जस्तै दुध, माछा, अण्डा, पनिर इत्यादिको सेवन गर्न सकिन्छ ।

शरीरमा भिटामिन डी तौल कम गर्नमा प्रभावकारी हुने गर्छ । अनुसन्धानले पनि भिटामिन डीको सप्लिमेन्ट लिँदा शरीरको तौल नियन्त्रणमा रहेको देखाएको छ ।

भिटामिन सी
भिटामिन सी अन्य भिटामिसको अवशोषणका लागि आवश्यक हुन्छ । एरिजोना स्टेट युनिभर्सिटीको अध्ययन अनुसार भिटामिन सीयुक्त आहार लिँदा शरीरमा फ्याट तीब्र रुपमा बर्न हुने गर्छ । यसबाहेक भिटामिन सी फ्याट अमिनो एसिडको उत्पादनमा पनि सहयोगी हुनसक्छ । यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने भिटामिन सीले भरपुर खानेकुरा खानुहोस् । शरीरमा भिटामिन सीको पूर्तिका लागि अमिलो खानेकुरा जस्तै मौसम, कागती, सुन्तला, भुँइकटहर, गोलभेडालगायतका खानेकुरा खानुहोस् ।

तौल कम गर्नका लागि यी भिटामिनलाई आफ्नो खानामा समावेश गर्नुहोस् । यद्यपि, तौल वा पेटको बोसो कम गर्नका लागि खाद्य पदार्थका साथै शारीरिक व्यायामको पनि आवश्यकता हुन्छ । त्यसैले सन्तुलित आहारका साथै नियमित रुपमा हल्का–फुल्का व्यायाम पनि गर्नुहोस् ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको