सकियो नेकपा कालका बहुमत सचिवालय सदस्यको बैठक, के गर्यो निर्णय ?

काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकताबारे छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । नेताहरुबीच चुनावी गठबन्धनबारे नेपाली कांग्रेस र एमालेले गरेका निर्णयबारे छलफल भएको थियो ।

‘यो गठबन्धन कायमै राखेर जानुपर्छ । कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भइरहेको छ’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।

उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच भने पार्टी एकताका लागि पनि सम्वाद भइरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘गठबन्धन कायम राख्ने, वामपन्थीहरु मिल्ने कुराकानी भएको छ ।’

बैठकमा गठबन्धनलाई बलियो बनाउँने विषयमा छलफल भएको बताउँदै उनले विचार मिल्ने अरुलाई पनि गठबन्धनमा मिलाएर लैजाने बारेमा  पनि छलफल भएको बताए । बैठकमा प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव दाहालले गरेका थिए । एकीकृत समाजवादी अध्यक्ष नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नुपर्ने बताएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफलपछि नेकपाकालीन नेताहरुसँग जुटेका हुन्।

उक्त बैठकमा वाम दलहरु मिलेर समाजवादी केन्द्र बनाउने बाबुरामको प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ।यसअघि यी नेताहरु प्रचण्डका नातेदार पर्ने एक व्यक्तिको घरमा जुटेका थिए।

त्यसैगरी नेपाली कांग्रेससँगको चुनावी तालमेलका लागि सिट बाँडफाँटसम्बन्धी एजेन्डाबारे पनि बैठकमा कुरा हुने स्रोतले जनाएको छ।

त्यसैगरी पछिल्लो समय वाम एकताको पक्षमा रहेका माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको प्रस्तावसहितका विषयमा पनि कुरा हुने बताइएको छ।

कांग्रेसले मंगलबार आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्ने निर्णय लिइसकेको छ। तर सकेसम्म एमालेसँग नभए अन्य वाम शक्ति मिलेर तालमेल गर्न सकिने विकल्पमा दलहरु छलफलमा छन्।

सिफारिस

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल संगीत उद्योग संघले बुधबार राजधानीमा आयोजना गरेको ‘विश्नाथ केडिया...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा  रङ्गिएको हो। मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

कस्तो रहला आइतबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर...

एकैपटक ४८ जना उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं - सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको...

संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं - संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को...

धेरै पढिएको