‘प्रचण्ड’की नातिनीले लन्डनको विश्वविद्यालयबाट गरिन् मास्टर्स पास

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।

लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उनले उच्च अंकका साथ मास्टर्स पास गरेकी हुन्।उनी उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन्।

त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बीबीएको पढाइ सकेकी हुन्। नेपालमा छँदा पढाइ र संगीतलाई एकसाथ अगाडि बढाइरहेकी स्मिता लन्डनमा भने पढाइमै केन्द्रित थिइन्।

छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकोमा आमा गंगा दाहालले सामाजिक सञ्जालबाट बधाइ दिएकी छन्। डिस्टिङ्सन नम्बर ल्याएर छोरीले मास्टर्स डिग्री पूरा गरेको उनले उल्लेख गरेकी छिन्।

स्मिता दाहाल गंगा दाहालकी कान्छी छोरी हुन्। उनी बाल्यकालबाटै संगीतमा सक्रिय छिन्। ११ वर्षको उमेरमा स्मिताले राष्ट्रिय सभागृहमा एकल सांगीतिक प्रस्तुति दिएकी थिइन्। स्मिताले गाएको ‘मायालु तिमी कता छौ’ बोलको गीत सर्वाधिक चर्चित छ।

त्यस्तै, ‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले ‘गोल्ड अवार्ड’ जितेकी छन् । उनले लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड हात पारेकी हुन् ।

जसको खुसी उनले इन्स्टाग्राममार्फत शेयर गरेकी छन् । बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले अध्ययन पूरा गरेकी हुन् ।

अनेक अवरोधका बाबजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा उनले खुसी महशुस गरेकी छन् । उनले भनेकी छन् ‘कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कयौं क्षणको नतिजाको रुपमा अन्ततः उपलब्धि हासिल भएको छ । परिवार र साथीहरूको समर्थन र साथको लागि धन्यवाद ।’

करिब आधा दर्जन फिल्म अभिनय गरेकी मिरुनाको हिट फिल्म ‘कबड्डी४’ हो । यो प्रदर्शन समयमा उनी ‘ब्याड टच’ प्रकरणले विवादमा तानिएकी थिइन् ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको