यस्ता छन् बेलुकाको खानासँग दैनिक बियर पिउनुका फाइदा

हरेक दिन बियर पिउँदा तपाईंको स्वास्थ्यमा सुधार आउन सक्छ । यो दाबी पोर्चुगलको नोवा युनिभर्सिटी लिस्बनका वैज्ञानिकले एक अनुसन्धानमा गरेका हुन् ।

त्यहाँका वैज्ञानिकका अनुसार रातीको खानासँग दैनिक बियर पिउँदा पुरुषहरुको पेटमा गुड ब्याक्टेरियाको स्तर बढ्ने गर्छ । यो फाइदा अल्कोहोलिक र नन–अल्कोहोेलिक बियर दुबै पिउँदा हुन्छ ।

यसरी भयो अनुसन्धान
– अनुसन्धानमा १९ वयस्क पुरुषलाई समावेश गरियो । उनीहरुको औसत उमेर ३५ वर्ष थियो ।
– सबैलाई दैनिक चार हप्ताका लागि रातीको खानासँग ३२५ मिलिलिटर लेगर पिउन भनियो । लेगर एक प्रकारको बियर हो ।

– सहभागीमध्ये केहीलाई अल्कोहोलिक र कोहीलाई नन–अल्कोहोलिक बियर दिइयो ।
– अल्कोहोलिक लेगरमा अल्कोहोलको मात्रा ५.२ प्रतिशत थियो । यस्ता बियरलाई स्ट्रङ्ग क्याटगोरीमा राखिन्छ ।
– ट्रायलको चार हप्तापछि यी पुरुषको दिसा र रगतको स्याम्पल लिइयो ।

यस्तो देखियो नतिजा
जर्नल अफ एग्रीकल्चरल एन्ड फूड केमिस्ट्रीमा प्रकाशित यो अनुसन्धानको नतिजाले बियर पिउँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको मात्रा बढ्ने बतायो । यी ब्याक्टेरिया थप बढी विविध हुन्छ । यसले पूरा पाचन प्रणालीको स्वास्थ्यमा सुधार ल्याउँछ ।

वैज्ञानिकले अर्को पत्ता लगाएको कुरा के हो भने दिनदिनै बियर पिउँदा कसैको तौल वा बडी मास इन्डेक्स बढ्दैन । न नै रगत, मुटु र मेटाबोलिजमसँग सम्बन्धित कुनै समस्या नै हुने गर्छ ।

बियरले कसरी बढाउँछ गुड ब्याक्टेरिया ?
वैज्ञानिकका अनुसार बियरमा पोलिफेनोल्स नामको तत्व र कुहिने प्रक्रियापछि बन्ने सूक्ष्म जीव हुन्छन् जसले आन्द्रामा गुड ब्याक्टेरियालाई बढाउँछ । स्वास्थ्य विज्ञका अनुसार शरीरमा विभिन्न खालका ब्याक्टेरिया हुन आवश्यक छ । यस्तो नहुँदा हृदय रोग र मधुमेहलगायत थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

सिफारिस

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ । हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत मनाइको सिन्दूर जात्रा सकिएको हो ।...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको...

माइतीघरमा नारा : गरिबको चमेली सुन दिने कोहि छैन (तस्वीरहरू)

काठमाडौं - अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गरिएको...

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

धेरै पढिएको