नेपालमा कोरोना बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना

काठमाडौं – विश्वव्यापी कोरोनाको महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सार्वजनिकस्थल, गोष्ठि, सेमिनार, विद्यालय लगायतका क्षेत्रमा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरिएको छ ।

नेपालमा केही सातायता कोरोना संक्रमित हुनेको संख्या दैनिक बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै कोरोनाको जोखिम कम गर्नका लागि व्यक्ति, संस्था, निकाय, कार्यालय, तह र तप्काले आ–आफ्नो स्थानमा सावधानी अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले सबै सरकारी तथा गैह्र सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरुमा अनिवार्य मास्क प्रयोग गर्न तथा गराउन र स्यानिटाइजरको व्यवस्था गर्न अनुरोध गरेको छ ।

त्यस्तै विमानस्थल, हवाई लगायत सार्वजनिक क्षेत्र, गोष्ठि सेमिनार, बैठक जस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भिडभाड हुने प्रकृतिका व्यवसाय तथा मनोरन्ज स्थलहरु, स्टेडियम आदि सार्वजनिक स्थलमा अनिर्वा मास्क प्रयोग र स्यानिटाइजरको व्यवस्था गर्न अनुरोध गरेको छ ।

विश्वमा ओमिक्रोनको उपप्रजाति बिए वान र बिए टुलाई बिए फाइभले प्रतिस्थापन गर्दै गएको चिकित्सकहरुको भनाइ छ । विभिन्न अध्ययनहरुले बिए फाइभ भेरिएन्ट ओमिक्रोनका अन्य प्रजाति भन्दा बढी सङ्क्रामक भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सबैमा आग्रह गरेका छन् ।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको