महावीर पुनको आविष्कार केन्द्रले अमेरिकामा जित्यो ठूलो अवार्ड, चौतर्फी प्रशंसा

काठमाण्डाै – महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ ।

अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको बेबी वार्मर मेसिनले पिपुल्स च्वाइसको अवार्ड जितेको अध्यक्ष महावीर पुनले जानकारी दिएका छन् ।

बेबी वार्मर बनाउने इन्जिनियरले अमेरिकाको भिसा नपाएपछि मेसिनलाई कार्गोमार्फत अमेरिका पठाइएको र इन्जिनियरले जुममार्फत भाग लिएको पुनले बताए ।पुनले आउँदाे दिनमा आविष्कारको क्षेत्रमा अघि बढ्न अवार्डले हौसला मिलेको पनि उल्लेख गर्नुभएको छ ।

उनले लेखेका छन् : काठमाडौँको अमेरिकन दुताबासले हाम्रा अनुभबी र अनुसन्धानको काममा एकदमै समर्पित ३ जना ईन्जिनियरहरुलाई अमेरिका आउने भिसा नदिए पनि राष्ट्रिय आविष्कार केन्द्रमा बनेको एउटा बायो-मेडिकल उपकरण अमेरिकाको प्रदर्शनीमा जसरी भए पनि राखियो र सबै भन्दा धेरै दर्शकहरुले मन पराएको पुरस्कार (People’s Choice Award) पनि जितियो । खाने मुखलाई जुंगाले छेक्दैन नि हाउ !!! अमेरिकी दुताबासले पनि राष्ट्रिय आविष्कार केन्द्रलाई नपत्याएकै रहेछ भन्ने थाहा भयो । भिसाको अन्तरबार्ता लिनेहरुलाई पनि रिसर्च र ईनोभेसन भन्ने कुरा थाहा रहेनछ कि क्या हो ??

गत बर्ष देखि अमेरिकाको Northeast Ohio Medical University संग राष्ट्रिय आविष्कार केन्द्रले बायो-मेडिकल बिषयमा सहकार्य गरि रहेको छ । सो युनिभर्सिटीले बायो-मेडिकल उपकरणहरु को ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनी राखेको थियो र आविष्कार केन्द्रलाई पनि निमंत्रना गरेको थियो । त्यसको लागी आविष्कार केन्द्रमा बनेको “न्यानो नानी” भन्ने नाम दिइएको बच्चाहरुलाई न्यानो बनाउने Baby Warmer पठाईएको थियो । सो प्रदर्शनीमा भाग लिने र प्रदर्शनी पछि एक महिने तालिम पनि दिने भनेर सो युनिभर्सिटीले हाम्रो तिन जना ईन्जिनियरहरुलाई निमन्त्रणा पनि गरेको थियो। तर उनीहरुलाई दुताबासले भिसा दिएन।

त्यसैले हामीले अर्कै उपाय निकालेर प्रदर्शनीमा हाम्रो बेबी वार्मर देखाइयो । बेबी वार्मर लाई एक्सप्रेस कार्गोद्वारा अमेरिका पठाइयो । हाम्रा इन्जिनियरहरुले नेपाल बाट नै जुम बाट भाग लिए । साथै सोहि युनिभर्सिटीका मेडिकल बिद्यार्थीहरुले दर्शकहरु लाई उपकरणको बारेमा बनाइएको पर्चाहरु बाँड्न मदत गरे र उनीहरुले जाने बुझे सम्मको बिस्तृत जानकारी पनि दिए । सो प्रदर्शनीमा डा. दामोदर पौडेल, डा. संजु महतो, प्रशान्त मानन्धर र म पनि थियौं । जे भयो राम्रो भयो ।
कसैले छेक्दैमा हामी छेकिनेवाला होइनौं र कुनै हालतमा पनि अगाढी बढ्ने छौं । कुरा बुझ्नु भो ??? धन्यवाद

सिफारिस

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ। यसको प्रभाव देखिएपछि नेपालमा पनि असर पर्न थालेको छ। नेपाल आयल निगमले...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

धेरै पढिएको