काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका १७०८ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागि सिफारिस भएका छन् ।
शुक्राबार बसेको बढुवा समितिको वैठकले १७०८ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागि सिफारिस गरेको हो ।
प्रहरीमा जनपदतर्फ १४ हजार ५६७ जना वरिष्ठ हवल्दारको पद खाली थियो । पहिलो चरणमा १ हजार ७७२ जना जनालाई बढुवा गरिएको थियो भने १७०८ जना बढुवाको लागी सिफारिस छन् ।
बढुवामा जेष्ठतालाई प्राथमिकता दिइएको छ । यसअघि प्रहरीमा सहायक हवल्दारको व्यवस्था थिएन ।
को-को परे ? हेर्नुहोस् सूची
