तीनकुनेबाट एक चिनियाँसहित ३४ युवा युवती समातिए

काठमाडौंको तीनकुनेस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ३४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कल सेन्टरमा काम गर्ने अधिकांश नेपाली युवा युवती हुन्।

चिनियाँ नागरिकले लगानी गरेको कल सेन्टरबाट अवैध काम भइरहेको सूचनाका आधारमा त्यहाँ प्रहरीले छापा मारेको हो।

बरामद भएका सामानको अहिले मुचुल्का तयार भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहोराले बताए।

‘एक जना चिनियाँ अरु नेपाली रहेको सूचना आएको छ। भेरिफाइड गर्ने र बरामद सामानको मुचुल्का गर्ने काम भइरहेको छ’, एसएसपी बोहोराले भने।

त्यहाँ रहेका सम्पूर्ण कागजात र उपकरण प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बताए।​ कलवाइपास लगायत अनलाइन ठगी भएको हुन सक्ने प्रहरीकाे अनुमान छ।

यसअघि पनि कल सेन्टरबाट गैर कानुनी गतिविधि सञ्चालन गरेको आरोपमा उपत्यका र अन्य जिल्लाबाट पनि प्रहरीले कल सेन्टरमा कार्यरत युवायुवतीलाई पक्राउ गरेको थियो।

चिनियाँ नागरिकले नेपालीका नाममा लगानी गरेर यस्तो गैर कानुनी गतिविधि गरेको पाइएको छ।

उक्त सेन्टरबाट ८ लाख २९ हजार नगद, ल्यापटप ३६२ थान, डेस्कटप ७४८ थान, डीभीआर १ थानलगायत बरामद गरिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको