भारतपछि प्रचण्ड किन जाँदैछन् जापान ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ५ दिने भ्रमणमा जापान जानेभएका छन् । चार सदस्यीय भ्रमणदल सहित आउँदो साउन २१ उनी टोकियो पुग्ने कार्यक्रम रहेको छ ।

नेपाल-जापानबीच रहीआएको सुमधुर सम्बन्धले थप उचाई हासिल गर्ने अपेक्षा गरिएको पूर्वप्रधानमन्त्री प्रचण्डको उक्त भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

नेपालमा वैदेशिक लगानीको वातावरण निर्माण गर्न र नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ उनको जापान भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

प्रचण्डको जापान भ्रमण बारे धेरै पहिलेदेखि चर्चा चल्दै आएको भएता पनि अनुकुल नपरेकोले यसपटक मात्र जापान भ्रमणको तय भएको उनका स्वकीय सचिव रमेश मल्लले बताए । उनको जापान भ्रमण पहिलोचोटी हुन लागेको हो ।

भ्रमणका क्रममा प्रचण्डले जापानका उच्चस्तरिय राजनैतिक नेता तथा अधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताईएको छ भने उनले नेपाली समुदायलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

जसअनुसार नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा अगष्ट ७ तारिख (साउन २२ गते)  आईतबार हुन लागेको कार्यक्रममा प्रचण्डले जापानबासी नेपालीहरुसंग अन्तरक्रिया गर्ने भएको छ । ’समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रूपमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको मञ्चका महासचिव बाबुराम पौडेलले जानकारी दिए ।

मञ्चले दिएको जानकारी अनुसार उक्त कार्यक्रम टोकियोको खामेइदोस्थित कल्चर सेन्टरमा साँझ ५:३० बजेदेखि हुने भएको छ ।

यसैगरी प्रचण्डको गृहजिल्ला चितवन रहेको र उनी त्यहिबाट प्रतिनिधी सभामा निर्वाचित भएको हुँदा चितवन समाज जापानले पनि प्रचण्डसंग भेटघाट कार्यक्रम गर्ने भएको छ । त्यसका लागि आवश्यक तयारीमा लागिएको चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले बताए ।

भ्रमणका क्रममा प्रचण्डले जापानका विभिन्न ऐतिहासिक एवं पुरातात्विक महत्वका क्षेत्रहरुको पनि अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

कोभिडको लामो सकस, मुलुकको पछिल्लो राजनैतिक घटनाक्रम लगायतका कारण जापान र नेपालबीच लामो समय यता उच्चस्तरिय भ्रमण हुन नसकेको सन्दर्भमा नेपालका पूर्वप्रधानमन्त्री तथा १० वर्षे जनयुद्धका सर्बोच्च कमाण्डर नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको हुन लागेको जापान भ्रमणले बहुआयामिक अर्थ राख्ने जानकारहरु बताउँछन् । विगत केही दशक यता नेपालको राजनीतिमा सँधै केन्द्रमा रहँदै आएका प्रचण्ड पछिल्लो समयमा समाजवादी धारका वामपन्थी पार्टीहरुबीच हाललाई कार्यगत एकता गर्ने र उपयुक्त समयमा एकिकृत पार्टी निर्माण गर्ने कसरतमा देखिन्छन् ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको