मेरो बाउ सचिव छन् भन्दै वीर अस्पतालका चिकित्सकद्वारा बिरामीमाथि नै धम्की

काठमाडौँस्थित वीर अस्पतालका कर्मचारीले उपचारका लागि अस्पताल पुगेका बिरामीहरुमाथि दुर्व्यवहार गरेका छन् । वीरका कर्मचारीले आफ्ना पीता सचिव भएको भन्दै धम्कीको भाषा समेत प्रयोग गरेका छन् ।

वीरका कर्मचारीले सेवाग्राहीसँग तुच्छ व्यवहारसँगै विभेद पनि गर्ने गरेको पाईएको छ । यस्तै विभेदको शिकार भएका छन् रामेछापका नवराज विश्वकर्मा । बिरामी भएर १ महिनादेखि अस्पताल आवतजावत गरिरहेका नवराजका चिनजानका चिकित्सक नहुँदा उनलाई बोलाईएको समयमा पनि उनको उपचार भएन ।

गत असार १२ गते रामेछापबाट उपचारको लागि काठमाडौँ आएपछि असार १६ गते उनी वीर अस्पताल पुगेका थिए । अस्पताल पुगेको पहिलो दिन चिकित्सकको सल्लाह अनुसार अल्ट्रासाउन्ड गरी हेर्दा बाँया तर्फको मृगौला सुन्निएको रिपोर्टमा देखियो । त्यसपछि लगातार चिकित्सककै सल्लाह अनुसार उनी साउन १६ गतेसम्म गरी ५ पटक अस्पताल पुगे ।

तर, उनको मृगौला किन सुन्नियो भन्ने पत्ता लागेन । यस विषयमा न चिकित्सकहरुले नै गम्भीरतापूर्वक लिएरै जाँच गरे ।

‘त्यहाँ चिनेजानेका र भनसुनका मान्छेलाई पहिलो प्राथमिकतामा हुँदो रहेछ, अब आफ्नो चिनेको मान्छे कोही भएनन्’ पिडा र आक्रोश मिश्रित मलिन स्वरमा नवराजले भने, ‘निजी हस्पिटलमा जाँदा अप्रेशन गर्नुपर्छ २ लाख रुपैयाँ लाग्छ भन्छन्, पछाडि ढाँडको दायाँतर्फको भागमा नशा च्यापिएर दाहिने खुट्टा टेक्नै हुन्न, त्यसको उपचारको लागि कति लाग्ने हो त्यो पनि थाहा छैन, अब त उपचार नगरी गाउँ फर्किनु जस्तो लागि सक्यो ।’

साउन ९ गते बिहान ११ बजे तिर दाइ र भाइको साथमा (डिटिपिए) चेकअपका लागि वीर अस्पताल पुग्दा त झन उनले चिकित्सक कर्मचारीबाट नसोचेको व्यवहार भोगे ।

‘डिटिपिएको लागि समय सकियो, १० बजेसम्म मात्रै हो, तैपनि भित्र डाक्टर हुनुहुन्छ सोध्नु पर्छ’ भनेर कर्मचारीहरुले भनेपछि आफूहरु त्यहीँ बसेको बिरामीका भाइ सन्तोष बताउँछन् । त्यसपछि एक जना महिला स्वास्थ्यकर्मी आएर ‘२ बजेसम्म बस्नोस्, हेरौँ, भ्याईयो भने गरिदिउँला’ भन्ने जवाफ दिईन् ।

त्यसपछि बिरामी र उनका आफन्तसहित त्यहाँ वरीपरी रहेका अरु बिरामीहरुले पनि ‘मन लागे गरिदिने, मन नलागे नगरिदिने ?’ भन्ने वित्तिकै भित्रबाट आएर सम्बन्धित फाँटकी एक जना डाक्टरले ‘तिमीहरु मुर्ख हौँ, ननसेन्स मान्छे, मेरो बाउ सचिव छ’ भन्दै धम्क्याईन् ।

उक्त कुराको भिडियो नै सुरक्षित छ । नवराजका अर्को दिन अर्थात् साउन १६ गते सोमबार बिहान ७ः३० बजे हस्पिटलको अप्रेशन कक्षमा पुगेका थिए । उनलाई ८ बजे आउन भनिएको थियो ।

‘डाक्टरले साउन १६ गते बिहान ८ बजे नयाँ भवनको पाँचौ तल्लाको अप्रेशन कोठामा आउनु भन्नु भएको थियो, म बिहान ७ः३० बजे नै पुगेको थिएँ’ नवराजले भने, ‘८ बजेपछि म भन्दा पछि आएका ४ जना र म सहित पाँच जना बिरामीहरु अप्रेशन कोठामा पसेर गाउन लगायौँ, सँगै पसेका ४ जना त्यति नै बेर उपचारपछि करिब एक डेढ घण्टाको अवधिमा फर्किए । म भने दिउँसो ३ बजेसम्म अस्पतालको वेडमै सुतिरहे । पालै आएन ।’

उनले आफू नशाको बिरामी भएकोले निकै कठिनाईपूर्वक बसेर कुर्दा पनि पालो नआएकोमा निकै दुःखेसो गरे ।

‘झन गाह्रो हुँदै गएपछि विस्तारै उठेर गएर शिस्टर मेरो पालो कतिबेला आउँछ भनेर सोधेँ, उनले डाक्टरलाई सोधिदिन्छु भनेपछि फेरी बेडमा आएर सुते । तर उनले डाक्टरलाई सोधिनन्’ उनले गुनासो पोखे, ‘निकैबेर कुरेर बसेँ, म भन्दा पछि १२ बजे आएका १ जना बिरामीलाई डाक्टरले चिनेका रहेछन् । आफ्नो विश्वासीलो पात्रलाई भनेर अप्रेशन गराएर घर पठाएँ । तर, मेरो पालो आएन । त्यसपछि अस्पतालमा आफ्नो मान्छे नहुँदाको पिडा यस्तै रहेछ भन्ने लाग्यो, अनि म कपडा फेरेर त्यहाँबाट निस्किएँ ।’

यता वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्र बस्नेत भने आफू बिदामा रहेको भन्दै यस विषयमा जानकारी नभएको र थप केही नबोल्ने प्रतिक्रिया दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीले भने अस्पताका कर्मचारीहरुले बिरामीमाथि त्यस्तो व्यवहार गर्नु ठिक नभएको र यसबारे आफूले थप बुझेर मन्त्रालयका तर्फबाट निर्देशन दिन भन्ने बताएका छन् ।

वीरका चिकित्सक कर्मचारीहरुको ब्यवहार नेपालको संविधान २०७२ को धारा ३५ (मौलिक हक) को उपधारा १ र २ को समेत उल्लङ्घन हो ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको