पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् ।

उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए।

गत २४ साउनमा अस्ट्रेलिया उडेकी उनी ३० गते बिहान ११ बजेको फ्लाइटबाट नेपाल फर्केकी थिइन्  । हिमानी ट्रष्टकी संस्थापक शाह आफ्नो तालिकाभन्दा दुई दिनअघि नै फिर्ता भएकी हुन् । उनलाई ज्वरो र रुघाखोकीले एकदमै सताएको बताइएको छ ।

हिमानी ट्रष्ट अष्ट्रेलियाले संसद् र मन्त्रीहरुसंग राखेको कार्यक्रमसमेत छोडेर हिँडेपछि उनलाई बिमारीले सताएको हुनसक्ने अनुमान लगाइएको छ ।

संस्थापक शाह पूर्व राजपरिवारका सदस्यसहित जनैपूर्णिमामा आयोजित कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया गएका थिए। तर, कार्यक्रम सकेर दुई दिनपछि आउनुपर्नेमा उनी चाडै निया फर्केकी थिइन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here