अमेरिकी आइडलका उपविजेता अर्थर गन एक महिनासम्म नेपालमा के- के गर्दैछन् ?

अमेरिकी आइडल सन् २०२० का उपविजेता अर्थर गनले नेपाली संस्कृति, नेपाल र पर्यटन विकासलाई संगीतमार्फत् सघाउँने बताएका छन्। उनी अमेरिकन आइडल अडिसनबाट चर्चित गायककार हुन्।

उनले बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ क्रीडेन्स क्लियरवाटर रिभाइभलको ‘हयाब यु एभर सीन द रेन’ नामक गीतहरु गाएका थिए। पहिलो नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’ का बारे जानकारी दिन गरिएकाे बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संस्कृति र पर्यटन विकासलाई प्रवर्द्धन गर्ने र नेपाली संस्कृतिको वृतचित्र (डकुमेन्टी) गर्न नेपाल आएको बताए।

उनले भने, ‘सम्पूर्ण नेपालीलाई ‘न्यानो नमस्कार’ मलाई अमेरिकन आइडल प्रतिस्पर्धाको फाइनलमा पुर्‍याउन ठूलो प्रयास गर्नुहुने सम्पूर्ण नेपाली फ्यान्स प्रति गर्व र खुसी छु पहिलो पटक नेपाल आउँदा र अहिले नेपाल आउँदा धेरै फरक पाए।’

नेपालमा करिब एक महिना रहँदा उनी कन्सर्टको हिसाबले नभइ नेपाली सांस्कृति र पर्यटकीय हिसाबले पनि सक्रिय हुने उनले बताए। उनले नेपाली नेपाली संगितमै डकुमेन्ट्री हुने जानकारी दिए।

उनको पहिलो कन्सर्ट शनिबार बेलुका काठमाडौँको दरबारमार्गमा रहेको प्लाटिनम क्लबमा हुनेछ। भने दास्रोमा चितवनको लामिन लोमन, रोलीङग स्टोन पोखरा, लड बुटवल, केलेम टेङगलावुड काठमाडौँ, मोकाया हस्पीटालिटी बिर्तामोड, द भिन्टेज लन्ज धरान, शसा तवा कीर्तिपुरमा उनको इन्डोर कन्सर्ट हुने इभेन्ट म्यानेजरले बताए।

कन्सर्ट टिकट मूल्य प्यालिटनम क्लबको २५ सयदेखि ३५ सय रहेको छ। अर्थर गनको कन्सर्टमा साथ दिने ३ जना रहेका छन्। एलेक्स डम्रसमा, सिन डक गितारमा र क्रिसपाल बेसमा रहेको छ। उनको कन्सर्टमा मिल्ने नेपाली ब्यान्ड र गायक पाए उनीहरुलाई पनि गाउन मौका दिने इभेन्ट म्यानेजरले बताए।

उनको अर्थर गनस्टेज नाम भए पनि वास्तविक नाम भने दिवेश पोखरेल हो। नाम दुई वटा भएपनि प्रिय हिसाबले बोलाउँदा दुवै नाम प्रिय लाग्ने उनले बताए। टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा उक्त कार्यक्रमहरु हुन लागेको हो।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको