स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज

स्याउ खानुका धेरै स्वास्थ्य लाभ छन् । मानिसलाई दैनिक एक स्याउ खाने सल्लाह दिइन्छ । स्याउमा भिटामिन बी६, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम, फस्फोरस र म्याङ्गेनिजको गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । स्याउले तपाईंलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ । तर स्याउले फाइदा गर्नुको सट्टा तपाईंको स्वास्थ्यलाई हानीसमेत पुर्‍याउन सक्छ । स्याउसँग वा यो खाएपछि केही चिज खाँदा स्वास्थ्यलाई हानी पुग्न सक्छ । यसबारे केही जानकारी लिऔँ : स्याउ खाइसकेपछि भुलेर पनि नखानुहोस् यी चिजहरु

१. मूला: स्याउ खाएपछि तुरुन्तै मूला खानु हुँदैन । किनभने स्याउ र मूला दुवैमा शीतल प्रभाव हुन्छ । त्यसैले स्याउ खाएलगत्तै मूला खाँदा शरीरमा कफ बढ्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ ।

२. पानी: स्याउ खाएपछि बिर्सेर पनि पानी पिउनु हुँदैन । किनभने स्याउ खाएलगत्तै तुरुन्तै पानी पिउँदा पेटको पीएच लेभल बिग्रन्छ । यसले पाचन गडबडी, पेट फुल्ने र अपच हुन सक्छ । साथै, छालासँग सम्बन्धित धेरै समस्या हुन सक्छ ।

३. दही: स्याउ खाएपछि सकेसम्म दही पनि नखानुहोस् किनभने स्याउ र दही दुवैमा चिसो प्रभाव हुन्छ । त्यसैले स्याउ खाएलगत्तै दही खाँदा पनि शरीरमा कफ बढ्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ । ४. सिट्रस फल र अचार: स्याउ खाएपछि तुरुन्तै अमिलो फलफूल र अचार खानु हुँदैन । स्याउ खाएपछि तुरुन्तै सिट्रस फलफूल र अचार खाँदा पेटमा साइट्रिक एसिड बढेर पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ ।

यो पनि,प्रजनन् क्षमता बढाउन पुरुषले कस्ता खानेकुरा खाने?
हरेक पुरुषले सुन्दर परिकल्पना गरेको हुन्छ, आफू एक दिन बुवा बनुँ भनेर । तर विभिन्न कारणले पुरुषको सन्तान उत्पादन गर्ने क्षमतामा कमी आइरहेको हुन्छ । कामको तनाव, अनिद्रा, धुम्रपान तथा मद्यपान सेवन जस्ता अव्यवस्थित जीवनशैलीले पुरुषको शुक्रकीट कमजोर बन्दै गइरहेको हुनसक्छ ।

बाँझोपनको समस्या महिलामा मात्रै होइन पुरुषमा पनि हुन्छ । पछिल्लो समय यस्तो समस्या अरु बढिरहेको छ । अहिले पुरुषको प्रजनन् क्षमता बढाउने भन्दै बजारमा विभिन्न औषधि उपलब्ध छन् । तर ती औषधिमा प्रयोग गरिएको केमिकलका कारण पुरुषको प्रजनन् स्वास्थ्य मात्रै नभई समग्र स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।बजारमा उपलब्ध औषधिको सेवनले भन्दा प्राकृतिक विधि र पद्धतिबाट प्रजनन् क्षमता बढाउने उपचार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

पुरुषमा प्रजनन् क्षमता कमजोर हुनुका कारण: बढी व्यायाम,धुम्रपान,मोटोपन,संक्रमण,डाइबिटिज,असन्तुलित खाना,हर्मोनल,असन्तुलन,क्यान्सर,वंशाणुगत रोग। प्रजनन् क्षमता बढाउने खानेकुरा: गाईको घिउ: गाईको घिउले पुरुषको प्रजनन् क्षमता बढाउँछ । घिउमा पाइने पोषक तत्वले पुरुषमा शक्ति बढाउने काम गर्छ । यसमा फाइटोन्युट्रिएन्स अर्थात् प्रजनन् क्षमता बढाउने तत्व पाइन्छ । प्रतिदिन दुईदेखि तीन चम्चा गाईको घिउ सेवन गर्दा प्रजनन् क्षमता बढ्छ ।

फर्सीको बीउ: फर्सीको बीउमा जिंक पाइन्छ । यसको सेवनले वीर्यको गुणस्तरमा सुधार ल्याउँछ । जिंकले वीर्य बिग्रिनबाट बचाउने काम गर्छ । बीउमा एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइने भएकाले टेस्टोस्टेरोनको मात्रालाई स्वस्थ र मजबुत राख्न मद्दत गर्छ । त्रिफला र जाइफल: त्रिफला र जाइफलको नियमित सेवनले पुरुषको प्रजनन् क्षमतामा सुधार ल्याउँछ । त्रिफलाले हर्मोनल असन्तुलनलाई नियन्त्रण गर्नुका साथै डिप्रेसन तथा एन्जाइटीजस्ता रोगबाट समेत बचाउन सहयोग गर्छ ।

अमला: प्रजनन् क्षमता कजोर भएका पुरुषले अमलाको सेवन गर्नु फाइदाजनक मानिन्छ । अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइने हुँदा यसले वीर्य बढाउने काम गर्छ । अमलाको सेवनले वीर्यलाई तीव्र गतिमा अण्डकोषतिर प्रवेश गराउँछ । पुरुषले साताको तीन-चार पटक अमला खाए प्रजनन् क्षमता बढ्छ ।

अश्रगन्धा: अश्रुगन्धामा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट, एन्टि इम्फ्लेमेन्टरी र एन्टि ब्याक्टेरियल गुण पाइन्छन्, जसले प्रजनन् क्षमता बढाउन मद्दत गर्छ । अश्रुगन्धामा फाइबर, प्रोट्रिन, कार्र्बोहाइड्रेट, आइरन, क्याल्सियम र भिटामिन सी पाइन्छ । यसको नियमित सेवनले प्रजनन् क्षमता बढाउन सहयोग गर्छ ।

सन्तुलित भोजन: प्रजनन् क्षमतालाई बचाइराख्न र बढाउनमा सन्तुलित भोजनको महत्वपूर्ण भूमिका हुन्छ । सन्तुलित र ताजा खानासँग फलफूल, तरकारी, नरिवल, दूध, बदाम, ओखर, खजुरजस्ता खानेकुराले पुरुषको प्रजनन् क्षमता बढाउन सहयोग गर्छन् । यी खाद्यपदार्थले शुक्रकीट बढाउन मद्दत गर्छन् ।

सिफारिस

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

धेरै पढिएको