स्वास्थ्य मन्त्रालयले गर्‍यो उच्च अधिकारीको सरुवा, को-कहाँ पुगे ?

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा कार्यरत उच्च अधिकारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । बुधबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले केही कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो ।

स्वास्थ्यमन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा जिम्मेवारी पाएका छन्।

डा. मरासिनीलाई ट्रमामा पठाइपछि उनको स्थानमा डा सर्वेश शर्मालाई ल्याइएको छ । ट्रमाका डा. प्रमोद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो ।

यस्तै, राधिका थपलियालाई प्रदेश १ को स्वास्थ्य निर्देशनालयको जिम्मेवारी दिइएको छ । यसअघि प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा नारायण ढकाल जान नमानेपछि थपलियालाई पठाइएको मन्त्रालयले जनाएको छ ।

कारागार अस्पतालको निर्देशकमा डा. प्रकाश बुढाथोकी र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा लक्ष्मीनारायण यादवलाई जिम्मेवारी तोकिएको छ ।

सिफारिस

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । गृहमन्त्रायमा आयोजित...

भर्खरै

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको