सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको मूल्य बढेको छ ।
डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो ।
यो पटक पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।
बढेको मूल्य बिहीबार राति १२ बजेदेखि कार्यान्वयनमा आएको छ। भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएपछि निगमले डिजेलको मूल्य बढाएको हो।
पछिल्लो समायोजनले पनि १५ दिनमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ।

