सेनाका पूर्वजर्नेललाई ४ वर्ष कैद सजाय

कृषि विकास बैंक न्युरोड शाखाको चार करोड रकम घोटाला भएको घटनामा नेपाली सेनाका पूर्वसहायक रथी रमेश बिष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई दोषी ठहर भएका छन्।

सोमबार विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारूको संयुक्त इजलासले उनीहरू दुई जनालाई कैद र बिगोबमोजिम जरिवाना सुनाएको सूचना अधिकारी नारदमुनि भट्‍टराईले जानकारी दिए।

बिष्ट वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी डाक्टर थिए। उनलाई अदालतले चार वर्ष कैद सुनाएको हो। दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सुनाएको छ।

यस्तै रेग्मीको बिगो रकम तीन करोड ९२ लाख ४४ हजार ७४७ रुपैयाँ र रमेशको बिगो रकम ३१ लाख ६८ हजार ८६४ छ। उनीहरूलाई बिगो बमोजिम जरिवाना पनि तिराउन इजलासले भनेको छ।

२०७४ सालमा कृषि विकास बैंक न्युरोड शाखाको ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो। सुरूमा बैंककी कर्मचारी रेग्मी पक्राउ परेकी थिइन्। उनी पक्राउ परेपछि बिष्ट यस घटनामा मुछिएका थिए।

बैंकमा कार्यरत सहायक टेलर रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले चेकमार्फत् कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रिक चेक क्लियरेन्स (इसिसी) मार्फत् सम्बन्धित व्यक्ति वा संस्थाको खातामा जम्मा गरिदिने र भुक्तानी गरेबापत ‘जेनेरेट’ गरेको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः इसिसीमार्फत् कृषि विकास बैंकमा रहेको सहायक रथी बिष्ट लगायतका खातामा हालिदिने गरेको अनुसन्धानबाट खुल्न आएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस घटनामा विष्ट र रेग्मीसहित ८ जनाविरूद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको