जनतालाई फेरि डर देखाउन थाले प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने बताएका छन्।

धनगढीमा आइतवार आयोजित सत्ता गठबन्धनको कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘हामी नेतृत्व तहमा केन्द्रीय नेताहरु एक छौँ। हाम्रो मनासाय एकै छ भन्ने सन्देश दिन खोजेका हौँ। हामी प्रदेशका गठबन्धनका साथीहरुसँग साथमै छौँ भन्न आएका हौँ’, उनले भने, ‘गठबन्धनको जित पक्का गर्नुपर्छ भन्ने अपिल गर्ने पनि हाम्रो उद्देश्य हो। एउटा विशिष्ठ परिस्थितिमा यो गठबन्धन बनेको हो। संविधान, गणतन्त्र र व्यवस्था नै धरापमा परेको थियो।’

उनलले हरेक निर्वाचनका आफ्ना विशेषता हुने बताउँदै मंसिर ४ मा आफूहरुको उद्देश्य संविधानको रक्षा भएको पनि बताएका छन्।

‘मंसिर ४ गते हुने निर्वाचनमा बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नुछ। हाम्रो उद्देश्य देशमा विकास र समृद्धिको अभियान पनि लैजानु हो’, उनले भने ‘अहिले देशमा अर्को पनि गठबन्धन आएको छ। त्यसको अलग उद्देश्य छ संस्कृति छ। अर्को गठबन्धनले संविधान बदलेर गणतन्त्र उल्ट्याउन खोजिरहेको छ। त्यो गठबन्धन दलहरुका अनुहार हेर्नु भएको होला। इतिहासको रछ्यानमा मिल्काइएको राजतन्त्र उल्ट्याउने रे!’

दाहालले संविधान च्यात्नेहरुको गठबन्धन अर्कातिर भएकाले सचेत हुन पनि आग्रह गरे। ‘यो देश स्थिरता र विकासमा जान नपाओस् भनेर गरिएको गठबन्धन छ’, उनले भने, ‘अग्रगमन र प्रतिगमनबीचको महासंग्राम हो मंसिर ४ को चुनाव। सानातिना कुरा बिर्सिएर गठबन्धनलाई विजयी गराउनुस्।’

उनले सत्ता गठबन्धनले मंसिर ४ को चुनाव नजिते देश दुर्घटनामा जाने बताए। ‘हामी कमजोर हुनु् भनेको देश दुर्घटनामा जाने खतरा बढ्नु हो, त्यसैले हामीलाई जिताउनुस्’, उनले भने, ‘हामीले राजनीतिक परिवर्तन ल्याएर त्यसलाई दिगो बनाउन सकेनौँ। हामीले सुशासन ल्याउन नसक्दा देशमा अस्थिरता आएको छ। अब हामीले मंसिरमा चुनाव जितिसकेपछि देशमा आर्थिक क्रान्ति ल्याउँछौँ।’

सिफारिस

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

धेरै पढिएको