बढुवा भएका रथी खड्कासहित उपरथीद्वय थापा र तामाङले लगाए दर्ज्यानी

नेपाली सेनाको रथी दर्जामा पदोन्नती भएका सिताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। शुक्रबार जंगी अड्डामा आयोजित समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

खड्का नेपाल सरकार, मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती भएका हुन्। पदोन्नती भएका रथी खड्का बलाध्यक्षमा नियुक्ति भएका छन्।

मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम उपरथी दर्जामा पदोन्नती भएका सहायकरथी विजय थापा र सहायक रथी आश बहादुर तामाङ (पीएचडी) लाई प्रधान सेनापति शर्माले आजै उपरथी दर्जाको दर्ज्यानी चिह्न समेत प्रदान गरेका छन्।

पदोन्नती भएका उपरथी थापा सुदुरपश्चिम पृतना हेडक्वाटरको पृतनापति र उपरथी तामाङ श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति भएका छन्।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको