हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता भएका मान्छेलाई जिताउनुस् : आरजु देउवा

डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवा बेलाबेला आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्।

केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा उनले वैदेशिक रोजगारीका लागि मलेशिया पठाउने लोप दिँदा पनि उनी चर्चामा आएकी थिइन्।

यसैगरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन्। उनले डडेल्धुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन्।

अहिले गृह जिल्ल्लाका विभिन्न चुनावी सभामा सम्बोधनका लागि यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डडेल्धुरामा छन्। सोही क्रममा शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दा डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउनसक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरेकी छिन्।

‘यो गाउँ–ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने संविधानको रक्षा गर्ने, यो देशमा शान्ति हुने र समृद्धि हुने’ उनले भनेकी छिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौं। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई छान्नुस। नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जितानुस्।’

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको