आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री

अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

शनिबार काठमाडौं क्षेत्र नम्बर-४ को एक कार्यक्रममा बोल्दै वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको बताएका हुन्।

वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूजस्तै विज्ञहरूको टिम रहेको समेत बताए। थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलूकमा ठूलो परिवर्तन आउने उनको भनाइ छ।

‘अब पुराना पुस्ताका नेताको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्छ,’ उनले भने, ‘यसपालि उहाँहरूले जहाँसम्म नेपाललाई लिएर आउनुभएको छ। त्यसका निम्ति पनि धन्यवाद दिने र अबको नयाँ यात्रा चाँही नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं।’

गगन थापालाई फेरि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षाको प्रत्याभूतिले मूर्त आकार लिने वाग्लेको भनाइ छ।

यस्तै थापामा राजनेतामै आउने खालको झलक पनि भएको उनको जिकिर गरे।

‘मलाई लाग्छ-त्यस्तो नेतालाई क्षेत्र नम्बर ४ ले जिताएर पठाइदियो भने तपाईँहरूले तुरुन्तै आफ्नै निकट भविष्यमा नै प्रधानमन्त्री पाउनुहुनेछ,’उनले भने, ‘उनको जुन भिजन छ, हामीहरूजस्ता मानिसहरुको टिम उहाँसँग छ। यसले अबको ५-१० वर्ष भित्रमै देखिने गरी एउटा गति हामी ल्याउँछौं। हामी कहीँ बिक्दैनौं। हामीलाई कसैले किन्न सक्दैन। हामी कसैका गोटी बन्दैनौं। हामी आफैं सक्षम छौं।’

यस्तै उनले सवलीकरण, सक्षमताको एजेण्डा भएको र यो कामको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने बताएका छन्।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको