यसकारण चुनाव हारे रवीन्द्र मिश्रले

काठमाडौं क्षेत्र नम्बर १ मा नयाँ उम्मेदवारहरूबीच मत बाडिँदा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले १३२ मतको झिनो अन्तरले जीत हात पारेका छन्।

यहाँ प्रकाशमानले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७०११ मत पाएका छन्।

काठमाडौं- १ मा विगतमा कांग्रेसको ठूलो मत थियो। यसपालि कांग्रेसको मत पनि केही बाँडिएको देखिन्छ। कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर काठमाडौं १ का केही कांग्रेस सिंहसँग असन्तुष्ट थिए। सिंहले अन्तिम समयमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए।

अघिल्लोचोटि नेकपा एमाले र माओवादीको वाम गठबन्धनका बाबजुद प्रकाशमान १०९३६ मत ल्याएर विजयी भएका थिए। त्यति बेला पराजित मिश्रले विवेकशील साझा पार्टीबाट १०११८ मत ल्याएका थिए भने वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५३३६ मत ल्याएका थिए।

यसपटक यहाँका सबै उम्मेदवारको मत घटेको छ। घटेको मत नयाँ उम्मेदवारहरूमा बाँडिएको देखिन्छ। कुल २७०१० मत खसेको यो क्षेत्रमा २११५ मत बदर भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम तेस्रो स्थानमा छन्।

उनले नेकपा एमालेका किरण पौडेललाई उछिनेका छन्। पुकार बमले ४११२ मत ल्याएका छन् भने किरण पौडेलले ३५०८ मत ल्याएका छन्। नेपाल सुशासन पार्टीका रमेश खरेलले पनि ३१२१ मत ल्याएका छन्।

यहाँ रवीन्द्र मिश्र, पुकार बम र रमेश खरेलको मत जोड्ने हो भने १४२४४ मत पुग्छ। राप्रपाका उम्मेदवार मिश्रले चुनाव प्रचारका बेलादेखि नै भोट बाँडिन सक्ने र त्यसो नगर्न मतदातालाई आग्रह गरिरहेका थिए। उम्मेदवारहरूबीच मत बाडिँदा मिश्र झिनो मतले पराजित भएका छन्।

सिफारिस

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ। १०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको शोकमा मंगलबार सरकारी कार्यालयहरूमा सरकारी झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ। शोक मनाउनका लागि...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

भर्खरै

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

धेरै पढिएको