यी हुन् एमालेका उम्मेदवारले अग्रता लिएका ३८ ठाउँ, कहाँ- कहाँ भए विजयी ?

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा आउने क्रम जारी छ । प्रतिनिधि सभाका १६५ मध्ये १४३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपा एमालेले हालसम्मको मत गणनामा ३ निर्वाचन क्षेत्रमा जित निकालेको छ ।

ललितपुर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुँदा काठमाडौँ ९ मा कृष्णगोपाल श्रेष्ठ र झापा २ मा देवराज घिमिरे निर्वाचित भएका छन् भने  ३८ स्थानमा अन्य उम्मेदवारले अग्रता लिएका छन् ।

मतगण्नामा अग्रता लिएका एमाले उम्मेदवारहरुमा पाँचथर १ मा पुर्व मन्त्री समेत रहेका वसन्तकुमार नेम्वाङ, सिन्धुपाल्चोकमा सरेश नेपाल, इलाममा महेश बस्नेत, सर्लाही ३ मा हरिप्रसाद उप्रेती रहेका छन् । नेम्वाङका निकटतम प्रतिस्पर्धी कांग्रेसका भीष्मराज आङदेम्बे, नेपालका माधव सापकोटा, बस्नेतका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र उप्रेतीसँग माओवादी केन्द्रका नरेन्द्र साह कलवार छन् ।

यसैगरी सिराहा ३ मा लिलानाथ श्रेष्ठले अग्रता लिएका छन् । यहाँ माओवादी केन्द्रका विश्वनाथ साह श्रेष्ठसँग प्रतिसपर्धा गरिरहेका छन् । त्यस्तै सिन्धुलीमा एमालेका प्रदिपकुमार कटुवाल क्षेत्रीले अग्रता बनाएका छन् । उनका निकटतम प्रतिस्पर्धीका रुपमा कांग्रेसका श्याम कुमार घिमिरे रहेका छन् । त्यस्तै बैतडीमा दामोदर भण्डारी, मकवानपुरमा महेश बर्तौला,बाँके १ सूर्यप्रसाद ढकाल, गुल्मी २ मा गोकर्ण विष्ट, कञ्चनपुर १ मा तारा लामा तामाङ, चितवन २ मा कृष्णभक्त पोखरेल, पाल्पा २ मा ठाकुर गैरेले अग्रता लिएका छन् ।

त्यस्तै झापा ४ मा लालप्रसाद साँवा लिम्बु, नुवाकोट १ मा बद्री मैनाली, धनुषा २ मा उमाशंकर अरगरिया, अर्घाखाँचीमा टोपबहादुर रायमाझी रुपन्देही १ मा छविलाल विश्वकर्मा, धनुषा ३ मा जुलीकुमारी महतो, वारा १ मा अच्युत प्रसाद मैनाली, उदयपुर २ मा अम्वर बहादुर रायमाझीले अग्रता लिएका छन् । त्यस्तै बारा ३ मा ज्वालाकुमारी साह, धनकुटामा राजेन्द्र कुमार राई, मोरङ १ मा घनश्याम खतिवडा, दैलेख १ मा रविन्द्रराज शर्मा, मोरङ २ मा ऋषिकेश पोखरेल, कपिलवस्तु १ मा बलराम अधिकारीले अग्रता लिएका छन् ।

पर्सा ३ मा राजकुमार गुप्ता, सिराहा १ मा रामशंकर यादव, कैलाली ४ मा लेखराज भट्ट, झापा ५ मा केपी शर्मा ओली लमजुङमा पृथ्वी सुव्वा गुरुङले अग्रता लिएका छन् ।

एमाले उम्मेदवारले अग्रता लिएका धेरै स्थानमा कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सिफारिस

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ। १०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको शोकमा मंगलबार सरकारी कार्यालयहरूमा सरकारी झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ। शोक मनाउनका लागि...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

भर्खरै

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

धेरै पढिएको