४६ क्षेत्रमा उम्मेदवारी दिएको माओवादीको कति स्थानमा छ अग्रता ?

देशभर १२२ निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा मात्रै अग्रता कायम गरेको छ।माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ ४६ क्षेत्रमा उम्मेदवारी दिएको छ। त्यसमध्ये अहिले माओवादीका उम्मेदवार रहेका ३९ क्षेत्रमा मतगणना चलिरहेको छ।

मत गणनामा माओवादी केन्द्रका उम्मेदवारले १२ क्षेत्रमा मात्रै अग्रता लिएका छन्। सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका २७ जना नेता सुरुवाती मतगणनामा पछाडि परेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गोरखा २ मा प्रतिस्पर्धीभन्दा निकै अघि छन्। तर, सुरुवाती अग्रता कायम गरेका माओवादीका धेरै नेताको मतान्तर भने प्रतिस्पर्धीसँग थोरै छ।

सर्लाही –२ माओवादी केन्द्रका महिन्द्र रायले यादव १ हजार ११३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतोले ८४२ मत प्राप्त गरेका छन् ।

यहाँ सत्तारुढ गठबन्धनबाटै दुई उम्मेदवार छन्। उनीहरुबीच नै पहिलो र दोस्रोमा प्रतिस्पर्धा चलिरहेको छ।

सिन्धुली – २ माओवादी केन्द्रका लेखनाथ दाहालले प्रारम्भिक अग्रता कायम गरेका छन्। यहाँ दाहालले ४५१ मत पाउँदा एमालेका मनोजजंग थापाले २२४ पाएका छन्। खोटाङमा माओवादी केन्द्रका रामकुमार राईले १ हजार ४३१ मत प्राप्त गर्दा एमालेका विशाल भट्टराईले १ हजार ३६१ मत प्राप्त गरेका छन्।

रूकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर १ हजार ६२९ मतसहित अग्रस्थानमा छन्। यहाँ एमालेका कैलाश कुमार मल्लले ४६८ मत प्राप्त गरेका छन्।

बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेलले ४ हजार ८३९ मतसहित अग्रता बनाउँदा एमालेकी मन्जु शर्मा ३ हजार ९१८ मतका साथ उनलाई पछ्याइरहेकी छिन्।

महोत्तरी– १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल १ हजार ७३३ मतसहित अग्रस्थानमा छन्। उनलार्य एमाले उम्मेदवार लझ्मी महतो कोइरीले १ हजार ६९७ मतसहित पछ्याइरहेका छन्।

भोजपुरमा माओवादीका सुदन किरातीले अग्रता कायम राखेका छन्। किरातीले १ हजार ५५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका शेरधन राई १ हजार ८५ मत प्राप्त गरेका छन्।

मोरङ– ४ मा माओवादीका अमनलाल मोदीले अग्रता लिएका छन्। उनले ५ हजार ७९२ मत पाउँदा एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ४ हजार १४९ मत पाएका छन्।

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन्। पुनले ४ हजार ५५७ मत प्राप्त गर्दा एमाले उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत मात्रै प्राप्त गरेका छन्।

दाङ– २ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ५ हजार ३९४ मतसहित अग्रता बनाउँदा एमालेका शंकर पोखरेलले ४ हजार ३६२ मतसहित पछ्याइरहेका छन्।

जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन्। उनले २ हजार ६८४ मत पाउँदा एमालेका निरजप्रसाद आचार्य २ हजार १०९ मतसहित पछ्याइरहेका छन्।

रुकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्माले फराकिलो अग्रता बनाएका छन्। शर्माले ३ सय ५९ मत पाउँदा एमालेका नन्दराम देवकोटाले २ सय ४९ मत मात्रै पाएका छन्।

सुनसरी १ मा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले झिनो अग्रता कायम राखेका छन्। उनले १ हजार २२२ मत पाउँदा जसपाका अशोककुमार राईले १ हजार १२२ मत प्राप्त गरेका छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको