माओवादी केन्द्रका महासचिवलाई पछि पार्दै एमालेका उपमहासचिव निर्वाचित

लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए ।

पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । तीमध्ये २ हजार ३८४ मत बदर भएको छ ।

निर्वाचित गुरुङ २०७४ लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई सांसद हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाट निर्वाचित भएका थिए ।

प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १४८ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १९२ मत खसेको थियो । कूल खसेकोमध्ये प्रतिनिधि सभातर्फ २ हजार ३८४ मत बदर भएको छ ।

को हुन् गुरुङ ?
प्रदेश नम्बर ४ को मुख्यमन्त्री हुन् पृथ्वी सुब्बा गुरुङ । बि.स. २०१४ साल फागुन २ मा बुबा स्व. गंगाप्रसाद गुरुङ र आमा स्व. चिनी गुरुङ्गको कोखबाट लमजुङको क्व्होलासोंथर गाउँपालिका-९ मा उनको जन्म भएको हो । गृह जिल्लाकै इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारबाट २०३० सालमा एस.एल.सी दिनुभएको गुरुङले अमृत साइन्स क्याम्पस काठमाडौंबाट २०३४ सालमा विज्ञान विषयमा स्नातक तह पास गर्नुभएको हो । अनेरास्ववियूको तर्फबाट स्ववियू सचिवमा निर्वाचित भएपछि उहाँ औपचारिक रुपमा राजनितिमा लागेका उनी २०३५ सालबाट पार्टी राजनीतिमा सक्रिय लागेका हुन् ।

२०५४ मा नेपालगञ्जमा भएको पार्टीको छैटौं महाधिवेशनबाट नेकपा (एमाले) केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित भएका गुरुङले २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएर जिम्मेवारी बहन गरेका थिए । गुरुङ २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका हुन् । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका गुरुङले २०७४ को प्रदेश निर्वाचनमा लमजङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी हुँदै मुख्यमन्त्रीको जिम्मेवारी समालिसकेका छन् ।

गृह जिल्लाकै इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारबाट २०३० सालमा एस.एल.सी दिएका गुरुङले अमृत साइन्स क्याम्पस काठमाडौंबाट २०३४ सालमा विज्ञान विषयमा स्नातक तह पास गरेका छन् । विज्ञानमा स्नातक गरेका गुरुङ सुरुमा शिक्षण पेशामा आवद्ध थिए ।

२०२७ सालमा इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारमा रहँदा अनेरास्ववियूको तर्फबाट स्ववियू सचिवमा निर्वाचित भएपछि उहाँ औपचारिक रुपमा राजनितिमा लागेका गुरुङ २०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सक्रिय दल नेकपा (माले) लमजुङको सदस्यको रुपमा संगठित भएका थिए । २०३७ साल फागुन ७ गते नेकपा (माले) को पार्टी सदस्यता प्राप्त गरेका थिए ।

२०४० मंसिरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा उनी निवार्चित भएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा समेत परेका थिए ।

२०४८ मा भएको प्रथम जिल्ला अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित भएका उनी २०५४ मा नेपालगञ्जमा भएको पार्टीको छैटौं महाधिवेशनबाट नेकपा (एमाले) केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित भएका थिए । २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएर जिम्मेवारी बहन गरेका उनले २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित हुने अवसर पाएका थिए ।

२०६४ सालको संविधान सभाको चुनावमा नेकपा एमालेबाट लमजुङ क्षेत्र नम्बर २ बाट विजयी उनी २०७० सालको संविधान सभाको चुनावमा भने पराजित भएका थिए । २०७४ मंसिर १० मा सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै उनी मुख्यमन्त्री बन्न सफल भए । गुरुङले आदिवासी जनजाति महासंघको नेतृत्व समेत गरेका छन् । लमजुङमा कम्युनिष्ट राजनीतिको जगलाई बलियो बनाउन उनको भुमिकाको प्रशंसा हुने गरेको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको