मकवानपुरमा राप्रपाको चमत्कार, अन्तिममा परिणाम उल्ट्याएर विजयी बने सिंह

दीपकबहादुर सिंह राजनीतिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका माध्यम तहका नेता हुन् । अर्थात् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा हुँदा थापाका कार्यकर्ता हुन् ।

विसं २०७८ माघमा राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए । कमल थापाले राप्रपा नेपाल गठन गरे पनि दीपकबहादुर सिंह भने लिङदेनसँग राप्रपामै रहेका थिए ।

दीपकबहादुर सिंह मकवानपुर जिल्लाका पूर्वसभापति हुन् । २०६१ सालमा उनलाई जिविस सभापतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले मनोनीत गरेका थिए ।

उनै सिंह मकवानपुर निर्वाचन नम्बर- १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका हुन् ।

हार स्वीकार गरिसहेका कमल थापा तेस्रो स्थानमा छन् । शुरुआती गणनामा पछि परेका सिंह अन्तिम चरणमा अग्रस्थानमा आएका छन् ।

निर्वाचित सिंहले २७ हजार ८१६ मत ल्याउँदा डिनाले २५ हजार ४३४ मत पाएकी छन् । एमालेको समर्थन रहेका कमल थापाले २५ हजार ४२० मत पाएका छन् ।

सिंहको जन्म २०१५ सालमा धनकुटामा भए पनि उनी ७/८ वर्षको हुँदा आमाबुबासँगै हेटौँडा आएका थिए । विजयी भएका सिंह २०५४, २०५६, २०७० र २०७९ सालको स्थानीय निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहे पनि पराजित हुँदै आएका थिए ।

यता, महालक्ष्मी उपाध्याय (डीना ) २०४८, २०५१, २०५६ , २०७४ र अहिलेको निर्वाचन गरी पाँच पटक पराजित भएकी छन् । मकवानपुर क्षेत्र नं-१ मा बहुदल स्थापनापछि भएको प्रतिनिधि सभाको निर्वाचनमा ०७४ को निर्वाचनसम्म नेकपा एमाले हाबी हुँदै आएको थियो । सो क्षेत्रमा २०५१ सालमा राप्रपा, २०६४ सालको पहिलो संविधान सभामा माओवादी, २०७० सालको दोस्रो संविधान सभामा नेपाली कांग्रेस विजय भएको थियो । २०७४ सालमा पुनः एमालेले ‘कम ब्याक’ गरेको थियो।

योसँगै सत्तारुढ गठबन्धन मकवानपुरका २ वटै प्रतिनिधिसभा सदस्यमा पराजित भएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको