पूर्वगृहराज्यमन्त्रीलाई पराजित गर्दै राप्रपाबाट सांसद बने पूर्वआईजी प्रधान

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रधान विजयी भएका हुन्।

प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गर्दा कँडेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन्। नेपका एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएपछि राजनीतिमा सक्रिय प्रधान तेस्रो पटकको प्रयासमा सफल भएका हुन् । क्षेत्र नम्बर २ को १ मा स्वतन्त्र का खड्ग बस्नेत र २ मा नेपाली कांग्रेसका बैजनाथ कलवार प्रदेशसभामा विजयी भएका छन् ।

आईजी भएको ३६ दिनमै सरकारले ०५३ चैतमा अच्युतकृष्ण खरेललाई हटाएर ध्रूबबबहादुर प्रधानलाई आईजी बनाएको थियो। त्यसविरुद्ध खरेल सर्वोच्च अदालत गएका थिए।

अदालतको आदेशमा पुनः ०५४ मंसिरमा प्रधानलाई हटाएर खरेल आईजीपी भए।

अदालतको आदेशपछि आईजीबाट हटेर ध्रूबबहादुर प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका थिए। सल्लाहकारबाट राजीनामा दिएर उनी ०५६ को आम निर्वाचनमै होमिए। नवलपरासी–४ बाट चुनाव लडेका उनले हार ब्यहोरे। ०६४ र ०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन्।

प्रत्यक्ष निर्वाचनमा पटक–पटक हार ब्यहोरेका उनी ०७४ को चुनावमा भने राप्रपाको समानुपातिक सूचीमा बसे। तर, ३ प्रतिशत थ्रेसहोल्डका कारण सांसद बन्ने उनको सपना पूरा हुन सकेन।

पटक–पटक असफलता ब्यहोरेका पूर्वआईजी प्रधान संसद् छिर्ने सपनासहित यो पटक फेरि राप्रपाबाट उम्मेदवारी दिएका थिए ।

उनी निकटतम् प्रतिस्पर्धी कँडेलभन्दा ३ हजार ५ सय भन्दा बढी मतले अघि छन्। यही अवस्थालाई कायमै राख्दै अघि बढेमा चौथो पटकको प्रयासमा प्रधानको संसद् छिर्ने सपना पूरा हुन्छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको