२०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जितेको चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डे विजयी भएका छन्।
पाण्डेले आफ्ना निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतले जितेका हुन्। अन्तिम परिणामअनुसार पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८ सय २२ मत ल्याएका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल तेस्रो स्थानमा छिन्। उनले १४ हजार ८ सय ४२ मत ल्याएकी छन्।
यो क्षेत्रबाट अघिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका थिए । त्यो बेला पाण्डे नै दाहालका निकटतम प्रतिद्वन्द्वी रहेका थिए ।
पाण्डे यसअघि ७० सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन-५ बाट विजयी भएका थिए ।
