माओवादीका उपमहासचिव पोखरेललाई हराउँदै एमालेका महतो निर्वाचित

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी भएका छन्। माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गिरीराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा महतो विजयी भएका हुन्। ०६४ देखिका सबै निर्वाचन जित्दै आएका पोखरेल यसपटक भने माओवादीको आधार क्षेत्रमै पराजित भएका छन्।

महतोले २३ हजार ४०२ मत प्राप्त गर्दा पोखरेलले २२ हजार ३७२ मत प्राप्त गरेका छन्। त्यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार पोषण थापाले ७ हजार ८१२ मत पाएका छन् भने जनमत पार्टीका राजकिशोर साहले ३ हजार ५९८ मत पाएका छन्।

पोखरेललाई पराजित गर्ने महतो मनोनयनको अघिल्लो रात मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए। यसअघि ०७४ को निर्वाचनमा जसपाबाट महोत्तरी १ मै निर्वाचन लडेका महतोलाई पोखरेलले पराजित गरेका थिए।

यसपटक पोखरेललाई पराजित गरेर महतोले अघिल्लो निर्वाचनमा भएको पराजयको बदला लिएका छन्।

महोत्तरी १ को प्रदेशसभा (क)मा पनि एमालेकी शारदा थापा विजयी भएकी छन्। ०७४ को निर्वाचनमा वाम गठबन्धनबाट विजयी भएकी थापा गठबन्धनका उम्मेदवार लोसपाका पिताम्बर महतोलाई पराजित गर्दै विजयी भएकी हुन्।

थापाले ८ हजार ३०८ मत प्राप्त गर्दा महतोले ७ हजार ५८५ मत प्राप्त गरेका छन्। प्रदेशसभा तर्फ स्वतन्त्र उम्मेदवार फाल्गुण सुसलिङले ४ हजार ५०२, युवराज पोखरेलले ४ हजार ६७, जनमत पार्टीका राशलाल सिंहले २ हजार ३७० मत पाएका छन्।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको