समानुपातिक अपडेट : कुन कुन पार्टी राष्ट्रिय दल बनिसके, कसले कति पाए मत ?

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा कतिपय दल आपसमा प्रतिस्पर्धा गरिरहेका छन्। यो खबर तयार पार्दासम्म पहिलो स्थानमा रहेको नेकपा एमालेले २३ लाख ८ सय ९६ मत ल्याएको छ। एमालेसँग सुरुदेखि नै नेपाली कांग्रेस निकटतम प्रतिस्पर्धी बनिरहेको छ।

कांग्रेसले अहिलेसम्म २२ लाख १ हजार ७ सय ९४ समानुपातिक मत ल्याएको छ। यसअघि यी दुई दलले लाखका हिसाबले बराबर पनि भएका थिए। अहिले भने एमालेले कांग्रेसलाई एक लाख मतान्तरले नै जितेको छ।

यस्तै नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी पनि एकअर्काका निकटतम प्रतिस्पर्धी भइरहेका छन्। सुरुवातीमा माओवादी केन्द्रभन्दा अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय भने माओवादी केन्द्रभन्दा पछाडि परिरहेको छ। तर लाखका हिसाबले दुवै दल ९ लाखका उक्लिएका छन्।

यो खबर तयार पार्दासम्म माओवादी केन्द्रले ९ लाख ६५ हजार ३ सय ४५ समानुपातिक मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७ सय ६० मत पाइसकेको छ।

यसैगरी जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पनि समानुपातिकमा एकअर्कासँग टक्करमा छन्। यो खबर तयार पार्दासम्म दुवै दल २ लाखमा उक्लिएका छन्। तर जनमत पार्टीलले २ लाख २१ हजार ४ सय २७ र एकीकृत समाजवादीले केही कम २ लाख २० हजार ५ सय २८ मत पाएका छन्।

अहिलेसम्म समानुपातिक सदर मत ८३ लाख ६३ हजार ६ सय ८३ गनिसकिएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ कम्तीमा एक सिट जितेको राजनीतिक पार्टीले समानुपातिक मत कूल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएमा राष्ट्रिय दलको मान्यता पाउँछन्।

कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकामा ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसमा ३ लाखजति मत बदर भएको अहिलेसम्मको अनुमान छ।

यस हिसाबले सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन जान्छ। यसको ३ प्रतिशत थ्रेस होल्ड ३ लाख २० हजार हुन्छ। अहिलेलाई प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले ३ लाख २० हजार मत कटाएमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ।

यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको