माओवादी चुनावी समीक्षा: प्रचण्डकाे राजीनामा माग्ने

काठमाडाैँ- नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूकाे बैठक शनिबार बस्दैछ। चुनावी नतिजाकाे विषयमा समीक्षा गर्न बैठक बस्न लागेकाे हाे।

बैठकमा हालै भएकाे चुनावमा पार्टीलाई भएकाे क्षतिबारे छलफल गर्ने, कारणहरू पहिल्याउने र सरकार गठन रणनीतिबारे छलफल गर्ने याेजना छ।

यससँगै केही नेताहरूले पार्टीकाे बेहाेरेकाे क्षतिकाे बारेमा गम्भीरताका साथ कुरा उठाउने तयारी गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे गलत नीतिका कारण क्षति बेहाेरकाे उनीहरूकाे निष्कर्ष छ।

नाम बताउन नचाहेका ती नेताहरूले प्रचण्डकाे राजीनामा माग्नेसम्मकाे तयारी गरेका छन्। माओवादीभित्र नै कांग्रेससँगकाे सत्तागठबन्धन छोडेर वाम-गठबन्धनका पक्षमा जानुपर्ने मत देखिने प्रवल सम्भावना रहेकाे छ।

मंसिर ४ गते सम्पन्न भएकाे चुनावमा माओवादीले प्रत्यक्षतर्फ हालसम्म १७ सिटमात्र जित्न सफल भएकाे छ।

पहिलाे संविधानसभाकाे चुनावमा माओवादीले प्रत्यक्षतर्फ १२० सिट र समानुपातिकतर्फ १०० सिट हाँसिल गरेकाे थियाे। २०७४ सालको निर्वाचनमा आइपुग्दा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट ल्याएको माओवादी यो पटक प्रत्यक्षतर्फ १७ सिटमा खुम्चिएको छ।

दोलखामा जारी मतगणनामा माओवादीले अग्रता लिएको छ । समानुपातिकतर्फ पनि माओवादीले जित्ने सिटसंख्या १४ आसपास हुने देखिएकाे छ।

माओवादीप्रति जनताकाे भराेसा गुम्दै गइरहेकाले यस्ताे नतिजा आएकाे राजनीतिक विश्लेषकहरू बताउँछन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको