ब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं – तीनपल्ट फिफा विश्वकपको उपाधि जितेका ब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । आन्द्राको क्यान्सरबाट पीडित पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेको छ ।

ब्राजिली सन्चारमाध्यमले जनाएकअनुसार ८२ वर्षीय पेले गत साता अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालको ‘एन्ड अफ लाईफ पेल्लियाटिभ केयर वार्ड’मा राखिएको छ । यो भनेको जीवनको अन्तिम अवस्थामा रहेकाहरुलाई गरिने हेरचाह हो ।

विश्वभरका समर्थकलगायत पूर्व क्लब सान्तोष, ब्राजिलका पूर्व स्ट्राइकर रिभाल्डो र फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पेले पेलेको स्वास्थ्यलाभको कामना गर्दै ट्वीट गरेका छन् ।

शरीर सुन्निने र मुटुले काम गर्न छाडेपछि पेलेलाई गत मंगलबार साओ पाउलोस्थित अल्वर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको थियो । अस्पतालले विहीबार जारी गरेको बक्तव्यमा शताब्दीकै महान खेलाडीको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको बताए पनि उनकी छोरी केलीले चिन्ता मान्नुपर्ने आवश्यकता नभएको दावी गरेकी थिइन् ।

यद्यपी शनिबार ब्राजिलियन अखबार फोल्हा डी साओ पाउलोले आन्दाको क्यान्सरका कारण सेप्टेम्बरदेखि सुरु गरिएको किमोथेरापीले काम गर्न छाडेको उल्लेख गरेको छ ।

पत्रिकाको समाचारमा जनाइएअनुसाार उनलाई पेल्लिएटिम केयरमा राखिएका कारण आवश्यक परीक्षण र उपचार प्रक्रिया सन्चालन हुन सकेको छैन । पेलिएटिम केयर वार्डमा जीवनमरणको संघर्षमा पुगेका विरामीलाई राख्ने गरिन्छ ।

एडसन अरान्तेस डो नासिमेन्तोलाई संसारभर पेलेको नामबाट चिनिन्छ । उनलाई अहिलेसम्मकै महान फुटबलर मान्ने जमात ठूलो छ ।

उनले ब्राजिल टिमबाट सन् १९५८, १०६२ र १९७० को विश्वकप उपाधि उचालेका थिए । उनले ब्राजिलियन क्लब सान्तोषका लागि ६५९ खेलमा ६४३ गोल गरेका छन् भने राष्ट्रिय टिमका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

शुक्रबार अल्वर्ट आइन्स्टइन अस्पतालले जारी गरेको वक्तव्यमा पेले स्वासनलीको संक्रमणबाट पीडित भएको र एन्टिवायोटिक औषधिबाट उपचार भइरहेको जनाइएको छ । अपडेटमा भनिएको थियो कि पेलेको आगामी दिनमा आवश्यक उपचारका लागि अस्पतालमै राख्नुपर्नेछ । उनको स्वास्थ्य अवस्था स्थिर छ ।

विश्वभरबाट आएका स्वास्थ्यलाभको कामनालाई पेलेले शुक्रबार इन्स्टाग्राममार्फत जवाफ दिएका गि । उनको जवाफलाई हाल विश्वकप चलिरहेको कतारको एउटा टावरमा प्रदर्शन गरिएको थियो । उनले लेखेका थिए, ‘साथीहरु, हरेक महिनाजस्तै म अस्पताल आएको छु । यसरी सकारात्मक सन्देश पाउनु सधैं राम्रो लाग्छ । यो सम्मानका लागि कतारलाई धन्यबाद, र मेरो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यबाद ।’

के हो पेलिएटिभ केयर वार्ड ?

ब्राजिलका सन्चारमाध्यमअनुसार पेले अस्पतालको पेलिएटिभ केयर वार्डमा छन् । यो चरणको उपचारको उद्देश्य ती विरामीको पीडा कम गर्न वा राहत दिन हुनेछ जो जीवन मरणको दोसाँधमा छन् । यसलाई जीवनको अन्तिम क्षणका रुपमा पनि बुझ्न सकिन्छ ।

बेलायतको नेशनल हेल्थ सर्भिसको वेवसाइटमा लेखिएको छ, ‘यदि तपाईं कुनै रोगबाट पीडित हुनुहुन्छ जसको उपचार गर्न सकिँदैन । यस्तो अवस्थामा पेलिएटिभ केयरले तपाईंको पीडा र खतराको लक्ष्यणलाई कम गरी सकेसम्म आरामदायी बनाइदिनेछ ।

यो प्रक्रियामा विरामी स्वयम, उसको परिवास र शुभचिन्तकको मनोवैज्ञानिक, सामाजिक र आध्यत्मिक कामना पनि सामेल हुनेछ ।

जीवनको अन्तिम अवस्थामा रहेका विरामीलाई मात्र पेलिएटिभ केयर उपलब्ध गराइन्छ । तपाईंले आफ्नो अवस्था सुधारका लागि अन्य थेरापी लिइरहेको अवस्थामा पनि पेलिएटिभ केयर प्राप्त गर्न सक्नुहुन्छ ।’

पेलेले २३ अक्टोबरमा आफ्नो ८२औं जन्मदिनमा इन्स्टाग्राममा एक भिडियो सन्देश जारी गरेका थिए । उनले भनेका थिए, मेरो जन्मदिनमा म सबैका लागि आभारी छु । जीवन राम्रो छ । आफ्नो परिवारसँग ८२ वर्षसम्म सँगै हुनु, स्वास्थ्य राम्रो हुनु सबैभन्दा उत्कृष्ट उपहार हो ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको