दार्चुलामा भारतीय ज्यादतीविरुद्ध भीम रावलको गर्जन, देउवा सरकारमाथि उठाए कडा प्रश्न

नेकपा एमालेका नेता भीम रावलले नदीको बहाव नेपालतिर धकेल्नेगरी भारतले दार्चुला सदरमुकाम खलंगा पारि महाकाली किनारमा तटबन्ध बनाइरहँदा पनि सरकार नबोल्नु लज्जाजनक भएको टिप्पणी गरेका छन्।

त्यही निहुँमा भारत र नेपालका नागरिकबीच ढुंगा हानाहान हुँदासमेत प्रधानमन्त्री तथा जिम्मेवार मन्त्रालय नबोलेको भन्दै रावलले रोष प्रकट गरेका छन्। दुई देशबीचको त्यति गम्भीर विषयमा केन्द्रीय सरकारले नै ध्यान दिनुपर्ने माग रावलले गरेका छन्।

‘भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार मौन किन’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दुई देशका नागरिकबीच ढुंगा हानाहान हुँदा पनि प्रम देउवा, रक्षा, गृह र परराष्ट्र मन्त्रालय चुइँक्क नबोल्नु लज्जाजनक। दुई देशबीचको यति गम्भीर विषय प्रजिअले हेरेर हुने होइन, प्रम र मन्त्रालय देशप्रति जिम्मेवार होऊ।’

उता, दार्चुलामा महाकालीको बहाव जवरजस्ती नेपालतिर धकेल्ने भारतीय कदमको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले निन्दा गरेको छ। महाकालीको बहाव नेपालतिर फर्काउँदै पक्की संरचना बनाएको विरोधमा उत्रिएका नेपालीमाथि पनि आक्रमण भएकोमा रास्वपाले खेद प्रकट गरेको हो।

भारतले सीमानदी महाकालीको बहाव नेपालतिर धकेल्दै पक्की संरचना बनाइरहेको छ। त्यसक्रममा शनिबारदेखि दार्चुलास्थित नेपालीहरु प्रतिकारमा उत्रिएका छन्। प्रतिकारमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हानेको थियो। त्यसक्रममा बालबालिकासहित केही नेपाली घाइते भएका छन्।

‘महाकालीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरुले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिकासमेत घाइते भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, रास्वपाले भनेको छ, ‘ एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारहरु आएका छन्। अन्तर्राष्ट्रिय सन्धि सम्झौता, भारतसँगको हाम्रै द्विपक्षीय सन्धि सम्झौता विपरीत कार्य भइरहँदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर-जिम्मेवार कार्य हो।’

रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले यस प्रकरणमा कुनै पनि नेपाली राजनीतिक दल, त्यसमा पनि सरकार संचालनको जिम्मेवारीमा रहेकारुले केवल आफ्नो राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवन रक्षाको लागि केही नबोल्ने संस्कारले राष्ट्रियता कमजोर हुने गम्भीर जोखिम देखिएको बताएका छन्।

‘सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिनु पर्ने बाध्यता बनेको छ’, उनले भने, ‘विभिन्न संरचना बनाएर महाकालीको बहाव नेपालतर्फ धकेलिँदा र त्यहाँका स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिरहँदा ठुलो दुर्घटनाको जोखिम बढाएको छ।’

भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथा किनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्य आपसी सद्भाव बिगार्ने, दु:खद, अतिक्रमणकारी र भर्त्सनायोग्य रहेका रास्वपाले भनेको छ।

‘यस्ता कार्यहरु नगर्न, बनाउँदै गरिएका र बनिसकेका अनधिकृत संरचनाहरु भत्काउन भारत सरकारको ध्यानाकर्षण गराउँदै नेपाल सरकारले भारतसँगका हाम्रा र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा आफ्नो सीमा र नागरिकको रक्षा गर्न यथाशीघ्र कुटनीतिक पहल सुरु गरिहाल्न, घाइते तथा पीडितहरुको औषधी उपचार, सुरक्षाको बन्दोबस्त गर्दै सीमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ कार्य गर्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

रास्वपाले नेपाली नागरिकहरुको सुरक्षा, राष्ट्रियताका मुद्दा लगायतका राष्ट्रहितका लागि हाम्रो पार्टीका तर्फबाट सदैव साथ र समर्थन रहने पनि जनाएको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको