समानुपातिकतर्फ अब कति मत गन्न बाँकी, अहिलेसम्म कुन दलले कति ल्याए ?

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणना अब सकिन लागेको छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अब ५० हजारजति मात्र गन्न बाँकी छ।

आयोगको सूचना प्रणालीमा बाजुराको मत समावेश गरिसकेको जानकारी दिँदै उनले भने, ‘दोलखाको पनि २५/३० हजार मत आयोगको प्रणालीमा समेटिसकेका छौँ, अब त्यस्तै ५० हजारजति बाँकी होला।’

यो खबर तयार पार्दासम्म गणना भएकामध्ये १ करोड ५ लाख २३ हजार ७ सय १५ मत सदर भएको आयोगको तथ्यांकले देखाएको छ। ‘अब ३० हजारजति थपिन्छ होला’, सहायक प्रवक्ता अर्यालले भने।

आज बेलुकीसम्म प्रतिनिधिसभाको समानुपातिक मत गनेर सकिने अनुमान गरिएको उनले बताए। प्रत्यक्षतर्फका भने १६५ क्षेत्रकै नतिजा सार्वजनिक भइसकेको छ।

आयोगका सहायक प्रवक्ता अर्यालले अहिलेसम्मको आँकडाले १ करोड साढे १० लाखजति समानुपातिक मत खसेको र तीमध्ये ५ लाखजति बदर भएको आकलन गरिएको बताए।

अहिलेसम्म सात दल– नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छन्। थ्रेसहोल्ड नकटाएका दलले पाएको मत काम लाग्दैन अर्थात् खेर जान्छ।

सहायक प्रवक्ता अर्यालले बताएअनुसार अब ३० हजारजति मत थपिँदा थप दलले थ्रेसहोल्ड कटाउने सम्भवना निकै कम छ। यसो हुँदा झन्डै ३ लाख मत ल्याएको नेकपा एकीकृत समाजवादीको मत खेर जाने सम्भावना बढेको छ।

अहिलेसम्मको मत विवरण :
नेकपा एमाले
२८,४५,६४१
नेपाली कांग्रेस
२७,१५,२२५
एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,७५,६८४

राष्ट्रिय स्वतन्त्र पार्टी
११,३०,३४४
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८८,८४९
जनता समाजवादी पार्टी, नेपाल
४,२१,३१३
जनमत पार्टी
३,९४,६५५

नेकपार्टी एकीकृत समाजवादी
२,९८,३९१
नागरिक उन्मुक्ति पार्टी
२,७१,७२२

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको