समानुपातिक मत: ७ पार्टी राष्ट्रिय दल बन्दा नेकपा एससहित यी ४० पार्टीले कटाएनन् ‘थ्रेसहोल्ड’

प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना सकिएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समानुपातिक मत मंगलबार साँझ गनेर सकिएको हो।

कूल सदर मतको संख्या १ करोड ५ लाख ६० हजार ८२ रहेको आयोगले जनाएको छ। प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा कूल ४७ दल सहभागी भएकामा ७ पार्टीले मात्र थ्रेसहोल्ड कटाएका छन्।

आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।

समानुपातिक सांसद चुन्न पाएसँगै ती पार्टीले राष्ट्रिय दलको मान्यता पनि पाएका छन्। राष्ट्रिय दल बन्न प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकको थ्रेसहोल्ड कटाउनुपर्छ।

तर समानुपातिकमा सहभागी ४७ दलमध्ये ४० दलले थ्रेसहोल्ड पार गर्न सकेनन्। प्रत्यक्षतर्फ १० सिट जितेर पनि सत्तारुढ नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन। उसले दुई लाख ९८ हजार ३ सय ९१ समानुपातिक मत पायो। तर थ्रेसहोल्ड नकटेपछि त्यो मत खेर गएको छ।

नागरिक उन्मुक्ति पार्टीले पनि २ लाख ७१ हजार ७ सय २२ सम्म समानुपातिक मत ल्याएको थियो तर थ्रेसहोल्ड कटाउन सकेन। राष्ट्रिय दल बनेका सात दलमध्ये सबैभन्दा धेरै समानुपातिक मत एमालेले ल्याएको छ।

आयोगको तथ्यांकअनुसार उसले २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको हो। दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ समानुपातिक मत ल्याएको छ।

यसैगरी यही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ११ लाख ३० हजार ३ सय ४४ समानुपातिक मत प्राप्त गरेको छ।

यस्तै राष्ट्रिय दलका मान्यता पाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४ र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ समानुपातिक मत प्राप्त गरेको आयोगले जनाएको छ।

थ्रेसहोल्ड कटाउन नसकेका दलले ल्याएको मतको विवरण यस्तो छ :

नेकपा एकीकृत समाजवादी
२,९८,३९१
नागरिक उन्मुक्ति पार्टी
२,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,३६७
नेपाल मजदुर किसान पार्टी
७५,१६८

हाम्रो नेपाली पार्टी
५५,७४३
मंगोल नेसनल अर्गनाइजेसन
४९,०००
राष्ट्रिय जनमोर्चा
४६,५०४
नेपाल संघीय समाजवादी पार्टी
४१,८३०

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,५९९
राष्ट्रिय जनमुक्ति पार्टी
२३,९३४
जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०५९
एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी)
१७,९०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,८०५

बहुजन एकता पार्टी नेपाल
१७,०८०
नेपाली कांग्रेस (बीपी)
१२,५०२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,३४०
नेपाली जनता दल
१०,१३७
बहुजन शक्ति पार्टी
९,४३५
नेपालका लागि नेपाली पार्टी
८,४३६
नेपाल कम्युनिस्ट पार्टी
८,०१३

नेपाल लोकतान्त्रिक पार्टी
७,७०५
नेपाल जनता पार्टी
७,५१८
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,४०२
मितेरी पार्टी नेपाल
७,०४३
जनजागरण पार्टी नेपाल
६,५५०

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४२९
तराई मधेश लोकतान्त्रिक पार्टी
५,९७७
जनसमाजवादी पार्टी, नेपाल
५,९२५
एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी समाजवादी/नेपाल दलित पार्टी)
५,८३९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०५

विवेकशील साझा पार्टी
४,०४९
एकीकृत शक्ति नेपाल
३,७९२
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,७०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०
३,४०६
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३५४

मौलिक जरोकिलो पार्टी
३,२५६
नेपाल समावेशी पार्टी
२,९६३
नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,२२०
राष्ट्रिय नागरिक पार्टी
२,१५०
नेस्ननलिस्ट पिपल्स पार्टी
२,०१८

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको