सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति, कसलाई कति वर्ष ?

काठमाडौं – सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ।

निर्वाचनअघि नै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारको नेतृत्व (प्रधानमन्त्री) साढे दुई-दुई वर्ष पाउने गरी सहमति गरेका थिए ।

प्रधानमन्त्री आलोपालो गर्ने सहमति भए पनि पहिले प्रधानमन्त्री को हुने भन्नेमा दुवै पार्टीबीच सहमति जुट्न सकेको छैन ।प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काबीचमा साढे दुई-दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भइसकेको स्रोतको दाबी छ । तर, दुवै नेताले पहिला आफैं प्रधानमन्त्री हुनपाउनुपर्ने अडान राख्न थालेपछि समस्या भएको बताइएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशको सभामुख र उपसभामुुुखसहितका मुख्य पदमा भागबन्डा गरेर अगाडि बढ्नेमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहमत छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आन्तरिक समीक्षा एवं सरकार गठनको आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलका नेताले निर्वाचनको परिणाम पूर्ण रूपमा आइसकेपछि सरकार प्रमुख पदमा भागबन्डा गरेर टुंगो लगाउने सहमति गरेको स्रोतको दाबी छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको