संसद सचिवालयले चोलेन्द्रबारे निर्णय गरेपछि सरकारका प्रवक्ताले दिए यस्तो जवाफ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग जीवितै रहेको बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘प्रतिनिधिसभामा चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अब गठित अर्को प्रतिनिधिसभामा छलफल हुने विषय जीवितै छ,’ कार्कीले भने, ‘यो महाअभियोग सार्वभौमसम्पन्न संसद्को सम्पत्ति हो। यसको छलफल अब आउने प्रतिनिधिसभामा छलफल भएर एउटा निर्णयमा पुग्छ।’

गत फागुन १ मा २१ बुँदे आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाभियोग दर्ता गराएका थिए।

तर गत असोजमा संसदको पाँच वर्षे कार्यकाल सकिएपछि यो महाअभियोग पनि निष्प्रभावी भएको पत्र संसद सचिवालयले बुधबार दिएको हो।

सत्ता गठबन्धनका सांसदहरुले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव बुधबारदेखि निष्क्रिय भएसँगै चोलेन्द्र शमशेर जबरा एक सातालाई प्रधानन्यायाधीश रहने भएका छन्।

संसद सचिवालयका महासचिव भरतराज गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र थमाएसँगै चोलेन्द्र सरकारी निवास बालुवाटारबाट सर्वोच्च अदालत जाने तयारीमा छन्।

बिहीबार सार्वजनिक बिदा भएकाले उनी बुधबार दिउँसो ३ बजे सर्वोच्च पुगेर हाजिर गर्ने तयारीमा छन्। उनले यसको जानकारी आफूनिकटस्थहरुलाई दिइसकेका छन्।

चोलेन्द्रको कार्यकाल अब केबल एक सातालाई बाँकी छ। आगामी २७ गते अनिवार्य अवकाश पाउँदैछन्। यस्तोमा उनी बुधबारदेखि एक सातालाई सर्वोच्चको प्रधानन्यायाधीशका रुपमा काम गरेर अवकाशमा जानेछन्।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको