संसद सचिवालयले चोलेन्द्रबारे निर्णय गरेपछि सरकारका प्रवक्ताले दिए यस्तो जवाफ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग जीवितै रहेको बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘प्रतिनिधिसभामा चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अब गठित अर्को प्रतिनिधिसभामा छलफल हुने विषय जीवितै छ,’ कार्कीले भने, ‘यो महाअभियोग सार्वभौमसम्पन्न संसद्को सम्पत्ति हो। यसको छलफल अब आउने प्रतिनिधिसभामा छलफल भएर एउटा निर्णयमा पुग्छ।’

गत फागुन १ मा २१ बुँदे आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाभियोग दर्ता गराएका थिए।

तर गत असोजमा संसदको पाँच वर्षे कार्यकाल सकिएपछि यो महाअभियोग पनि निष्प्रभावी भएको पत्र संसद सचिवालयले बुधबार दिएको हो।

सत्ता गठबन्धनका सांसदहरुले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव बुधबारदेखि निष्क्रिय भएसँगै चोलेन्द्र शमशेर जबरा एक सातालाई प्रधानन्यायाधीश रहने भएका छन्।

संसद सचिवालयका महासचिव भरतराज गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र थमाएसँगै चोलेन्द्र सरकारी निवास बालुवाटारबाट सर्वोच्च अदालत जाने तयारीमा छन्।

बिहीबार सार्वजनिक बिदा भएकाले उनी बुधबार दिउँसो ३ बजे सर्वोच्च पुगेर हाजिर गर्ने तयारीमा छन्। उनले यसको जानकारी आफूनिकटस्थहरुलाई दिइसकेका छन्।

चोलेन्द्रको कार्यकाल अब केबल एक सातालाई बाँकी छ। आगामी २७ गते अनिवार्य अवकाश पाउँदैछन्। यस्तोमा उनी बुधबारदेखि एक सातालाई सर्वोच्चको प्रधानन्यायाधीशका रुपमा काम गरेर अवकाशमा जानेछन्।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको