सर्वोच्चमा चोलेन्द्रलाई बाटो छेक्न बसेका वकिलमाथि जुत्ता प्रहार

काठमाडौं– आफूविरुद्ध संघीय संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी पाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालतमा हाजिर हुन जाने तयारीमा छन्।

राणाले बुधबार बिहानै सर्वोच्चमा हाजिर लगाउने खोजेका थिए। तर, सर्वोच्च प्रशासनले प्राविधिक विषय मिलाउन समय चाहिने बताएपछि उनी २ बजे सर्वोच्च जाने तयारीमा थिए।

यसबीचमा राणाविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्ने जानकारीसहितको संसद् सचिवालयको पत्र सर्वोच्च अदालत (न्याय परिषद्)मा पुग्यो। संसद् सचिवालयको पत्र आएपछि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनको आकस्मिक बैठक बस्यो।

दुवै बारको बैठकले राणालाई अस्वीकार गर्ने निर्णय गर्दै उनलाई सर्वोच्चमा प्रवेश गर्न नदिन मुख्य प्रवेशद्वारमा धर्ना दिने निर्णय गर्‍यो। बारको निर्णयानुसार कानुन व्यवसायीहरुले प्रवेशद्वारामा धर्ना दिइरहेका छन्।

सर्वोच्च अदालत बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका समर्थक पनि पुगेका छन्। राणाको समर्थनमा वक्तव्य दिँदै आएकी, आफूलाई अभियन्ता बताउने तारा बरालले भने सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई जुत्ता प्रहार गरेकी छन्।

‘विदेशीको फेसा खाएर आन्दोलन गर्न आएका छन्। यिनीहरुले न्यायालय बचाउँदैनन्,’ धर्नामा रहेका कानुन व्यवसायीहरुप्रति आक्रोश व्यक्त गर्दै बराल सर्वोच्चको गेट बाहिर पुगिन्।

गेट बाहिरबाट उनले भित्र धर्नामा बसेका कानुन व्यवसायीलाई जुत्ता प्रहार गरिन्। कानुन व्यवसायीलाई जुत्ता प्रहार गर्ने बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको