सर्वोच्चमा चोलेन्द्रलाई बाटो छेक्न बसेका वकिलमाथि जुत्ता प्रहार

काठमाडौं– आफूविरुद्ध संघीय संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी पाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालतमा हाजिर हुन जाने तयारीमा छन्।

राणाले बुधबार बिहानै सर्वोच्चमा हाजिर लगाउने खोजेका थिए। तर, सर्वोच्च प्रशासनले प्राविधिक विषय मिलाउन समय चाहिने बताएपछि उनी २ बजे सर्वोच्च जाने तयारीमा थिए।

यसबीचमा राणाविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्ने जानकारीसहितको संसद् सचिवालयको पत्र सर्वोच्च अदालत (न्याय परिषद्)मा पुग्यो। संसद् सचिवालयको पत्र आएपछि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनको आकस्मिक बैठक बस्यो।

दुवै बारको बैठकले राणालाई अस्वीकार गर्ने निर्णय गर्दै उनलाई सर्वोच्चमा प्रवेश गर्न नदिन मुख्य प्रवेशद्वारमा धर्ना दिने निर्णय गर्‍यो। बारको निर्णयानुसार कानुन व्यवसायीहरुले प्रवेशद्वारामा धर्ना दिइरहेका छन्।

सर्वोच्च अदालत बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका समर्थक पनि पुगेका छन्। राणाको समर्थनमा वक्तव्य दिँदै आएकी, आफूलाई अभियन्ता बताउने तारा बरालले भने सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई जुत्ता प्रहार गरेकी छन्।

‘विदेशीको फेसा खाएर आन्दोलन गर्न आएका छन्। यिनीहरुले न्यायालय बचाउँदैनन्,’ धर्नामा रहेका कानुन व्यवसायीहरुप्रति आक्रोश व्यक्त गर्दै बराल सर्वोच्चको गेट बाहिर पुगिन्।

गेट बाहिरबाट उनले भित्र धर्नामा बसेका कानुन व्यवसायीलाई जुत्ता प्रहार गरिन्। कानुन व्यवसायीलाई जुत्ता प्रहार गर्ने बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिफारिस

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा सहभागी भएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको पद...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई टिकट दिएको छ। बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

१२ वर्षे हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन चैत्र १७ गते हुने

हरिसिद्धि भवानीको १२ वर्षे पर्व फूल्चोकी माई दर्शन यहि...

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले...

धेरै पढिएको