पालिका अध्यक्षलाई पार्टीबाट निष्काशन गर्न एमालेको सिफारिस

बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न नेकपा एमाले बैतडी जिल्ला कमिटीले सिफारिस गरेको छ।

मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीकाे बुधबार बसेको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

प्रदेश सभा सदस्य तथा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको जानकारी दिए।

एमालेका प्रदेश कमिटी सचिवालय सदस्य रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको पालले बताए।

चन्द गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा एमालेका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र प्रदेश सभा १ मा जिल्ला अध्यक्ष विजयी भएका थिए। तर उनको क्षेत्रमा पर्ने प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार लिलाधर भट्ट भने झिनो मतान्तरले पराजित भए।

भट्ट पराजित हुनुमा चन्दको असहयोग प्रमुख कारण रहेको एमालेको जिल्ला कमिटीले निष्कर्ष निकालेको छ।

पञ्चेश्वर गाउँ कमिटीको निर्णय र अन्य विभिन्न प्रमाणको आधारमा निर्वाचनमा एमाले उम्मेदवारलाई असहयोग गरेको सूचना आएपछि प्रदेश कमिटीलाई सिफारिस गरिएको जनाइएको छ।

सिफारिस

युवा उद्यमशील जागरण नेपालको रक्तदान कार्यक्रम, ६० जनाले गरे रक्तदान

काठमाडौँ - युवा उद्यमशील जागरण नेपालले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा सर्वसाधारणदेखि कलाकारहरुले रगत दान गरेका छन् । सोमबार बिहान ८ः३० देखी १२ः३० सम्म...

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद...

फेरिए ११ जिल्लाको सीडीओ, अध्यागमनको महानिर्देशकमा निरौला

काठमाडौं - गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ । ६ फागुनमा तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपपप्रधान तथा गृहमन्त्री रवि...

फेरिए ११ जिल्लाको सीडीओ, अध्यागमनको महानिर्देशकमा निरौला

काठमाडौं - गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई...

तामाकोशीमा माछालाई जाल हान्दै माझीहरू (फोटोफिचर)

रामेछाप- रामेछापको तामाकोशी किनारमा बसोबास गर्दै आएका माझी समुदायको...

‘सिंहदरबार जलाइदिन्छु’ भन्ने बालेनको अभिव्यक्ति प्रति बल्ल बोले प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र...

छुटे सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपतिका सल्लाहकार

काठमाडौं - सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति...

कुलेश्वरमा खुल्यो मिट्पार्क—नन्भेज हेभन रेस्टुराँ, २५ जनालाई रोजगारी

काठमाडौंको कुलेश्वरमा मिट्पार्क—नन्भेज हेभन रेस्टुराँ खुलेको छ । डेढ...

धेरै पढिएको