कांग्रेस र एमालेको सरकार बनाउन कमल थापाको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ को निर्वाचनपछि पहिलो र दोस्रो बनेका नेपाली कांग्रेस र नेकपा एमालेलाई मिलेर नयाँ सरकार बनाउन सुझाव दिएका छन्।

मकवानपुर १ बाट पराजित भएपछि पहिलो पटक राजनीतिक धारणा सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने क्रममा उनले दुई ठूला पार्टीलाई यस्तो सुझाव दिएका हुन्।

‘जसरी संविधान निर्माणका बेला देशका दुई प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)ले संयुक्त सरकार बनाएर महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेका थिए’, उनले भनेका छन्, ‘अहिले फेरि एकपटक संविधानको रक्षाका निमित्त, संविधानको भावनाअनुसार राज्य सञ्चालनको आधार, मुलुकमा शान्ति र स्थायित्व कायम गर्न तथा र आर्थिक सम्वृद्धिको लक्ष्य हासिल गर्न कांग्रेस र एमालेले मिलेर, दिगो समझदारी कायम गरि पाँच वर्ष संयुक्त सरकार सञ्चालन गर्नु देश र जनताको हितमा हुनेछ।’

उनले अपवित्र गठबन्धन बनाएर वा लोभलालच र प्रलोभनको आधारमा सांसदहरुलाई आफ्नो पक्षमा पारेर देशले भोग्नु परेको संकट समाधान नहुने पनि बताएका छन्। ‘च्याँखे थापेर स्वार्थसिद्ध गर्न चाहने अवसरवादीहरुलाई निरुत्साहित गर्नु जरुरी छ’, उनले भनेका छन्।

अहिले देश संकटमा रहेको पनि उनले बताएका छन्। ‘राष्ट्रियता कमजोर भएको छ, बाह्य शक्तिहरुको चलखेल र प्रभाव बढेको छ, नेपाल अन्तर्राष्ट्रिय महासक्तिहरुको रणनीतिक प्रतिस्पर्धा स्थलमा परिणत हुने सम्भावना टडकारो देखिन्छ’, उनले भनेका छन्, ‘दलहरुप्रति आमजनताको वितृष्णा बढेको छ, लोकतन्त्र संस्थागत हुन सकेको छैन। भ्रष्टाचार व्यापक भएको छ, बेरोजगारीले विकराल रुप लिएको छ। अर्थतन्त्र धराशायी हुने खतरा बढेको छ। धर्म परिवर्तनको डढेलोमा राष्ट्रिय पहिचान गुम्ने अवस्था सिर्जना हुँदैछ। यस्तो अवस्थामा देशलाई संकटबाट मुक्त गर्न दलहरुले नै इमान्दार प्रयास गर्नुबाहेक अर्को विकल्प छैन।’

उनले कांग्रेस र एमालेको संयुक्त सरकार बनेको अवस्थामा युवाहरुको नवोदित दलहरुले पनि प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्ने र भविष्यमा राष्ट्रको नेतृत्व लिने अनुभव हासिल गर्न सक्ने तर्क गरेका छन्।

‘के कांग्रेस र एमालेले यो समयको माग र राष्ट्रिय दायित्व निर्वाह गर्ने आँट गर्न सक्छन्? मलाई विश्वास त लागेको छैन’, उनले भनेका छन्, ‘चुनावमा खर्चपानी दिने र गठबन्धन निर्माणमा सहयोगी भूमिका खेल्ने देशीविदेशी शक्तिहरुले नेपालको भलो हुने, नेपालमा शान्ति र स्थायित्व कायम हुने काम गर्न दिन्छन् जस्तो लाग्दैन।’

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको