नयाँ सरकार गठनको चाबी माओवादीसंग, प्रचण्डले देउवा रोज्लान् की ओली ?

४ मंसिरको चुनावले संसदमा दलीय शक्ति सन्तुलन परिवर्तन गरेर कांग्रेसलाई पहिलो र एमालेलाई दोस्रो स्थानमा झारे पनि यसअघिको तेस्रो शक्ति माओवादी केन्द्र तेस्रो स्थानमै रह्यो । २७५ सदस्यीय प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिट र  समानुपातिकतर्फ ११० सिटको अन्तिम परिणाम आइसकेको छ ।

यो चुनावबाट कुनै पनि दलले सरकार बनाउन चाहिने १३८ सिट जित्न सकेनन् । त्यसैले अब संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार नबन्ने पनि निश्चित छ । त्यसैले उपधारा २ अनुसार गठबन्धनको सरकार बनाउने प्रयास हुनेछ । यो उपधाराअनुसार सरकार बनाउने चाबी भने तेस्रो शक्ति माओवादी केन्द्रमा रहेको अहिलेको गणितले देखाएको छ ।

माओवादी केन्द्रले प्रत्यक्षमा १८ सिट जितेको छ भने समानुपातिकतर्फ पनि तेस्रो स्थानमा रहँदा उसले १४ सिट पाउने भएको छ । यसो हुँदा प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२ सिट हुन्छ । ३२ सिटको शक्तिलाई बाहिर राखेर नयाँ सरकार बन्ने सम्भावना न्यून देखिएकाले सरकारको चाबी माओवादी केन्द्रसँगै रहन पुगेको हो ।

अहिले मूलतः दुईवटा गठबन्धन छन् । पहिलो, कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन । दोस्रो, एमाले नेतृत्वमा रहेको विपक्षी गठबन्धन । माओवादी केन्द्र सत्ता गठबन्धनको दोस्रो ठूलो शक्ति हो । चुनावबाट कांग्रेस ठूलो दल भएकाले उसले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेको छ । तर, माओवादीले आफू तेस्रो शक्ति भए पनि आफूबिना सरकार बन्ने सम्भावना नदेखेरै आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गरिरहेको छ । त्यसैले उसले पार्टीको पदाधिकारी बैठकबाटै माओवादीकै नेतृत्वमा सरकार बनाउन सबै विकल्प खुला गर्ने निर्णय पनि गर्‍यो । उसको यो निर्णयले माओवादी पनि सत्ताको दौडमा रहेको स्पष्ट पारेको छ ।

अहिले गठबन्धन सरकारको विकल्प छैन । वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिएर केही साना नयाँ पार्टीलाई समावेश गरेर सरकार बन्न सक्छ । यो अवस्थामा माओवादीबिना सरकार बन्न सक्दैन । वर्तमान सत्ता गठबन्धनका पाँच दलको सिट १३५ वा १३६ पुग्ने देखिन्छ । यसरी उसलाई बहुमतका लागि नागरिक उन्मुक्ति, जनमत वा राष्ट्रिय स्वतन्त्रमध्ये एउटाको समर्थन आवश्यक हुन्छ ।

सरकार बन्ने अर्को अवस्था भनेको सबै कम्युनिस्ट र अहिले एमालेसँग तालमेलमा चुनाव लडेको राप्रपा र जसपाको गठबन्धन हो । एमालेले प्रत्यक्षमा ४४ सिट जितेको छ भने समानुपातिकतर्फ शीर्ष स्थानमा रहँदा उसले ३४ सिट पाउने भएको छ । त्यसअनुसार एमाले ७८, माओवादी केन्द्र ३२, नेकपा एकीकृत समाजवादी १०, जनमोर्चा र नेमकिपा एक- एक, जसपा १२ र राप्रपा १४ सिट मिलेर सरकार बन्न सक्छ । यहाँ पनि माओवादी समावेश नभए सरकार बनाउन आवश्यक बहुमत पुग्दैन ।

अहिलेको संसदमा दलहरूको उपस्थिति हेर्दा नयाँ सरकार निर्माण निकै जटिल र कठिन हुने देखिन्छ । एक वा दुई दल मिलेर बहुमत पुग्ने सम्भावना कम रहेकाले धेरै दल मिल्नुपर्ने अवस्था छ । त्यसैले सरकार निर्माण गर्न जटिल हुने देखिएको हो । यद्यपि, सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमाले मिले सहजै नयाँ सरकार बन्न सक्छ ।

कांग्रेसको सम्भावित सिट ८९ र एमालेको सम्भावित सिट ७८ हुँदा १७९ हुन्छ । कांग्रेस र एमाले मिल्दा माओवादी केन्द्रलाई सरकारबाहिर राख्न सकिन्छ । तर, यो गठबन्धन बन्ने सम्भावना तत्काल देखिएको छैन । किनकि, यो कोणबाट दलहरूबीच बहस नै प्रारम्भ भएको छैन । यो गठबन्धन बन्दा सातै प्रदेशमा पनि सरकार बन्ने सम्भावना बलियो छ । तर, संसदका दुई ठूला दल मिलेर सरकार बनाउँदा प्रतिपक्षीको आवाज कमजोर हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

माओवादी सरकारबाट बाहिर हुने सक्ने अर्को अवस्था भनेको गैरकम्युनिस्ट सरकार हो । कांग्रेसको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र, जसपा, राप्रपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बने यो गैरकम्युनिस्टको सरकार बन्नेछ । तर, यो गठबन्धनमा धेरै दल हुँदा निकै जटिल देखिन्छ भने मधेस प्रदेशबाहेक अन्य प्रदेशमा यो गठबन्धनको सरकार बन्ने सम्भावना न्यून छ । त्यसैले अहिलेसम्मको राजनीतिक परिदृश्यले माओवादी केन्द्रलाई किङ मेकरका रूपमा उभ्याएको छ ।

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको