नयाँ सरकार गठनको चाबी माओवादीसंग, प्रचण्डले देउवा रोज्लान् की ओली ?

४ मंसिरको चुनावले संसदमा दलीय शक्ति सन्तुलन परिवर्तन गरेर कांग्रेसलाई पहिलो र एमालेलाई दोस्रो स्थानमा झारे पनि यसअघिको तेस्रो शक्ति माओवादी केन्द्र तेस्रो स्थानमै रह्यो । २७५ सदस्यीय प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिट र  समानुपातिकतर्फ ११० सिटको अन्तिम परिणाम आइसकेको छ ।

यो चुनावबाट कुनै पनि दलले सरकार बनाउन चाहिने १३८ सिट जित्न सकेनन् । त्यसैले अब संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार नबन्ने पनि निश्चित छ । त्यसैले उपधारा २ अनुसार गठबन्धनको सरकार बनाउने प्रयास हुनेछ । यो उपधाराअनुसार सरकार बनाउने चाबी भने तेस्रो शक्ति माओवादी केन्द्रमा रहेको अहिलेको गणितले देखाएको छ ।

माओवादी केन्द्रले प्रत्यक्षमा १८ सिट जितेको छ भने समानुपातिकतर्फ पनि तेस्रो स्थानमा रहँदा उसले १४ सिट पाउने भएको छ । यसो हुँदा प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२ सिट हुन्छ । ३२ सिटको शक्तिलाई बाहिर राखेर नयाँ सरकार बन्ने सम्भावना न्यून देखिएकाले सरकारको चाबी माओवादी केन्द्रसँगै रहन पुगेको हो ।

अहिले मूलतः दुईवटा गठबन्धन छन् । पहिलो, कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन । दोस्रो, एमाले नेतृत्वमा रहेको विपक्षी गठबन्धन । माओवादी केन्द्र सत्ता गठबन्धनको दोस्रो ठूलो शक्ति हो । चुनावबाट कांग्रेस ठूलो दल भएकाले उसले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेको छ । तर, माओवादीले आफू तेस्रो शक्ति भए पनि आफूबिना सरकार बन्ने सम्भावना नदेखेरै आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गरिरहेको छ । त्यसैले उसले पार्टीको पदाधिकारी बैठकबाटै माओवादीकै नेतृत्वमा सरकार बनाउन सबै विकल्प खुला गर्ने निर्णय पनि गर्‍यो । उसको यो निर्णयले माओवादी पनि सत्ताको दौडमा रहेको स्पष्ट पारेको छ ।

अहिले गठबन्धन सरकारको विकल्प छैन । वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिएर केही साना नयाँ पार्टीलाई समावेश गरेर सरकार बन्न सक्छ । यो अवस्थामा माओवादीबिना सरकार बन्न सक्दैन । वर्तमान सत्ता गठबन्धनका पाँच दलको सिट १३५ वा १३६ पुग्ने देखिन्छ । यसरी उसलाई बहुमतका लागि नागरिक उन्मुक्ति, जनमत वा राष्ट्रिय स्वतन्त्रमध्ये एउटाको समर्थन आवश्यक हुन्छ ।

सरकार बन्ने अर्को अवस्था भनेको सबै कम्युनिस्ट र अहिले एमालेसँग तालमेलमा चुनाव लडेको राप्रपा र जसपाको गठबन्धन हो । एमालेले प्रत्यक्षमा ४४ सिट जितेको छ भने समानुपातिकतर्फ शीर्ष स्थानमा रहँदा उसले ३४ सिट पाउने भएको छ । त्यसअनुसार एमाले ७८, माओवादी केन्द्र ३२, नेकपा एकीकृत समाजवादी १०, जनमोर्चा र नेमकिपा एक- एक, जसपा १२ र राप्रपा १४ सिट मिलेर सरकार बन्न सक्छ । यहाँ पनि माओवादी समावेश नभए सरकार बनाउन आवश्यक बहुमत पुग्दैन ।

अहिलेको संसदमा दलहरूको उपस्थिति हेर्दा नयाँ सरकार निर्माण निकै जटिल र कठिन हुने देखिन्छ । एक वा दुई दल मिलेर बहुमत पुग्ने सम्भावना कम रहेकाले धेरै दल मिल्नुपर्ने अवस्था छ । त्यसैले सरकार निर्माण गर्न जटिल हुने देखिएको हो । यद्यपि, सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमाले मिले सहजै नयाँ सरकार बन्न सक्छ ।

कांग्रेसको सम्भावित सिट ८९ र एमालेको सम्भावित सिट ७८ हुँदा १७९ हुन्छ । कांग्रेस र एमाले मिल्दा माओवादी केन्द्रलाई सरकारबाहिर राख्न सकिन्छ । तर, यो गठबन्धन बन्ने सम्भावना तत्काल देखिएको छैन । किनकि, यो कोणबाट दलहरूबीच बहस नै प्रारम्भ भएको छैन । यो गठबन्धन बन्दा सातै प्रदेशमा पनि सरकार बन्ने सम्भावना बलियो छ । तर, संसदका दुई ठूला दल मिलेर सरकार बनाउँदा प्रतिपक्षीको आवाज कमजोर हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

माओवादी सरकारबाट बाहिर हुने सक्ने अर्को अवस्था भनेको गैरकम्युनिस्ट सरकार हो । कांग्रेसको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र, जसपा, राप्रपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बने यो गैरकम्युनिस्टको सरकार बन्नेछ । तर, यो गठबन्धनमा धेरै दल हुँदा निकै जटिल देखिन्छ भने मधेस प्रदेशबाहेक अन्य प्रदेशमा यो गठबन्धनको सरकार बन्ने सम्भावना न्यून छ । त्यसैले अहिलेसम्मको राजनीतिक परिदृश्यले माओवादी केन्द्रलाई किङ मेकरका रूपमा उभ्याएको छ ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको