माओवादी कोटाबाट अग्नि सापकोटा राष्ट्रपति !

काठमाडौं – प्रतिनिधिसभाको सभामुख पदबाट कार्यकाल सकिएपछि माओवादी नेता अग्नि सापकोटा अहिले जिम्मेवारीविहीन छन् । सिन्धुपाल्चोकबाट चुनाव लड्ने अवसर पाए पनि उनले त्याग देखाउँदै निर्वाचनमा भाग लिएनन् ।

सभामुखबाट जिम्मेवारीमुक्त भएका सापकोटा अब के गर्लान् त ? नेपाली कांग्रेसका केही नेताहरु माओवादीले सापकोटालाई राष्ट्रपतिका रुपमा अघि सार्न सक्ने अनुमान गर्छन् ।

सभामुखबाट जिम्मेवारीमुक्त भएपछि सापकोटाले ललितपुरको खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए । चुनाव नलडेर त्याग गरेको बताउँदै सापकोटाले अब पार्टीमा आफ्नो भूमिका के हुन्छ भनेर अध्यक्षसँग सोधेको खुमलटार स्रोतको भनाइ छ ।

‘उहाँले दाहाललाई भेटेर आफ्नो आगामी भूमिकाबारे पार्टीले सोचोस् भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘अध्यक्ष दाहालले पार्टीको पदाधिकारी तहमा रहन प्रस्ताव गरे पनि सापकोटाले सभामुख भएर खेलेको भूमिकाका साथै पार्टीमा गरेको योगदानका आधारमा पदाधिकारीको उच्च तहमा रहेर अध्यक्षलाई सहयोग गर्छु भन्नुभएको छ ।’

त्यसो त सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका नेताहरु माओवादीले सापकोटालाई राष्ट्रपतिका रुपमा अघि सार्न सक्ने अनुमान लगाउँछन् । तर, सापकोटाका निकट माओवादी नेताहरुचाहिँ उनले राज्यको निकायमा भन्दा पनि पार्टीमै भूमिका खोजिरहेको बताउँछन् ।

स्रोत भन्छ, ‘उहाँले पार्टी संगठनलाई बलियो बनाउन र अध्यक्ष दाहाललाई सहयोग गर्ने भूमिकाको खोजी गरिरहनुभएको छ।’

त्यसो त नेकपा माओवादीका महासचिव देव गुरुङ लमजुङबाट चुनाव हारेपछि महासचिवको विकल्पबारे पनि पार्टीभित्र अनौपचारिक छलफल हुन थालेको छ ।

यसैलाई लक्षित गर्दै आइतबार सम्पन्न दुई दिन पदाधिकारी बैठकमा केही नेताले विशेष महाधिवेशनको समेत माग गरेको स्रोतले बतायो ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको